मनोरञ्न

दुर्गौलीको व्यापारिक सन्ध्याकालीन मेला राज्यमन्त्री गिरीले उद्घाटन गर्ने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २० असोज । कैलालीको दुर्गौली बजारमा पहिलोपटक आयोजना हुन लागेको दुर्गौली व्यापारिक सन्ध्याकालीन मेला–२०८३ को उद्घाटन उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री इन्दिरा गिरीले गर्ने भएकी छन्।

लोक कल्याणकारी विज्ञापन

‘कला, संस्कृति तथा व्यापार दुर्गौली बजारको मूल आधार’ भन्ने नारासहित असोज २१ देखि ३१ गतेसम्म मेला सञ्चालन हुने आयोजकले जनाएको छ। मेलामा स्थानीयदेखि राष्ट्रियस्तरका कलाकारको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहनेछ।

लोक कल्याणकारी विज्ञापन

मेलामा विभिन्न परिकारका खानाका स्टल, व्यापारिक तथा कृषि सामग्रीको प्रदर्शनी, स्थानीय कला तथा संस्कृतिको प्रस्तुति र मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिनेछ। साँझको समयमा विशेष सांगीतिक कार्यक्रमसमेत हुने भएकाले मेला अवधिभर दुर्गौली बजारमा मनोरञ्जनको माहोल बन्ने आयोजकको अपेक्षा छ।

लोक कल्याणकारी विज्ञापन

मेलाले स्थानीय उत्पादन तथा व्यवसायको प्रवर्द्धनसँगै दुर्गौलीको कला, संस्कृति र व्यापारिक पहिचानलाई थप स्थापित गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ। मेला व्यवस्थित र आकर्षक बनाउन आवश्यक तयारी तीव्र पारिएको जनाइएको छ।

आयोजकले स्थानीय कला, संस्कृति, व्यापार तथा मनोरञ्जनको उत्सवमा सहभागी हुन सर्वसाधारणलाई आग्रह गरेको छ।

लोक कल्याणकारी विज्ञापन
AD