राजनीति

टीकापुरमा रास्वपाका चार टोल समिति गठन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २० असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) टीकापुर नगर समिति अन्तर्गत विभिन्न वडाका चार टोल समिति गठन गरिएको छ।

लोक कल्याणकारी विज्ञापन

नगर समितिका अनुसार वडा नम्बर १ को ब्लक नम्बर ६, वडा नम्बर ७ को सिम्रेनी र बेलुवा तथा वडा नम्बर ८ को कालिमाटीमा टोल समिति गठन गरिएको हो।

लोक कल्याणकारी विज्ञापन

स्थानीय तहमा पार्टीको संगठन विस्तार तथा जनस्तरसम्म पार्टीका गतिविधि प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले टोल समिति गठन गरिएको रास्वपा टीकापुर नगर समितिले जनाएको छ।

लोक कल्याणकारी विज्ञापन

समिति गठनसँगै सम्बन्धित टोलमा पार्टीको संगठन थप व्यवस्थित र सक्रिय हुने अपेक्षा गरिएको छ। नगर समितिले नवगठित सम्पूर्ण टोल समितिका पदाधिकारी तथा सदस्यलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएको छ।

लोक कल्याणकारी विज्ञापन
AD