राजनीति

अग्रगामी मोर्चाका कार्यक्रममा रेशम चौधरी अनुपस्थित, मतभेदको चर्चा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नेपालगन्ज, १६ कात्तिक । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरी पछिल्लो समय अग्रगामी मोर्चाका गतिविधिमा निष्क्रिय देखिएका छन् । मोर्चाले शनिबार भैरहवा र आइतबार नेपालगन्जमा आयोजना गरेका अभिमुखीकरण कार्यक्रममा पनि चौधरी सहभागी भएनन् ।

लोक कल्याणकारी विज्ञापन

बर्दियाका स्थायी बासिन्दा चौधरी आफ्नै प्रदेशमा आयोजित लगातार दुईवटा कार्यक्रममा अनुपस्थित भएपछि मोर्चाभित्र उनको भूमिकालाई लिएर विभिन्न अड्कलबाजी सुरु भएको छ । उनले मोर्चा छाड्न लागेको वा अन्य नेताहरूसँग मतभेद बढेको हो भन्ने विषयमा नेताहरूबीच चर्चा हुन थालेको छ ।

लोक कल्याणकारी विज्ञापन

मोर्चाका एक नेताका अनुसार चौधरीकै अध्यक्षतामा आक्रामक मोर्चा गठन भएको हो । तर, पछिल्लो समय महत्त्वपूर्ण कार्यक्रममा उनको अनुपस्थितिले मोर्चाभित्र खल्लोपन महसुस भएको छ ।

बिज्ञापन

‘आफ्नै प्रदेशमा आयोजित कार्यक्रममा पनि उहाँ किन आउनुभएन, थाहा भएन । यस विषयमा मोर्चाभित्र छलफल हुनेछ,’ ती नेताले भने ।

यता, नागरिक उन्मुक्ति पार्टी नेपालका एक नेताले भने चौधरी अन्य काममा व्यस्त रहेकाले कार्यक्रममा सहभागी हुन नसकेको बताएका छन् ।

आगामी स्थानीय तह निर्वाचनमा एउटै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने तयारीसहित आक्रामक मोर्चाले देशव्यापी रूपमा संगठन विस्तार र अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ । मोर्चामा उपेन्द्र यादव, सीके राउत, जनार्दन शर्मा, प्रभु साह र रिजवान अन्सारीलगायत नेताहरूको नेतृत्वमा रहेका दलहरू आबद्ध छन् ।

चौधरीकै अनुपस्थितिलाई लिएर मोर्चाभित्र चर्चा सुरु भए पनि उनी र मोर्चाको नेतृत्वबाट यसबारे औपचारिक धारणा सार्वजनिक भएको छैन ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन