गौरी शर्मा लेख्छिन् ——————

आज बिहान डेरीमा दूध लिन जाँदा एउटा सानो बाबु मेस्सीको नम्बर १० जर्सी लगाएर आएको थियो। त्यहीँ एकजनाले उसलाई भने, “मेस्सी त हार्यो, अब यो टी–सर्ट नलगाऊ।”
सायद त्यो बच्चालाई कसले जित्यो वा हार्यो भन्ने पनि थाहा थिएन। उसले त राति पनि त्यही जर्सी लगाएर सुतेको होला। उसको लागि त्यो जर्सी जित–हारभन्दा पनि आफ्नो प्रिय खेलाडीप्रतिको माया थियो।

बच्चाको अनुहार मलिन भएको देखेपछि मैले भनेँ, “बाबु, मेस्सी अंकल हारेका होइनन्, दोस्रो भएका हुन्। जर्सी लगाइराख।”
यति भन्नासाथ उसको अनुहारमा फेरि मुस्कान फर्कियो।
वास्तवमा, मेस्सीका समर्थक सुरुमुनीदेखि भुसुनासम्म छन्— कोही खेल राम्ररी बुझेर, कोही अलिअलि बुझेर, त कोही खेल नै नबुझेर पनि। यही कुरा अन्य खेलाडीका समर्थकमा पनि लागू हुन्छ।
खेलमा जित र हार स्वाभाविक हो। तर कसैको रोजाइ, प्रेरणा वा प्रेमको सम्मान गर्न सकियो भने खेलको वास्तविक भावना पनि त्यहीँबाट सुरु हुन्छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
