नेपाली सेना सक्रिय, यसरी खटिएका छन् उद्धारमा

काठमाडौं । बाढीपहिरोबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका विभिन्न क्षेत्रमा खोज तथा उद्धार कार्य तीव्र पारिएको छ। प्रभावित क्षेत्रमा नेपाली सेनासहित अन्य सुरक्षा निकायका उद्धार टोली सक्रिय रूपमा परिचालित छन्।
विशेषगरी जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिहरूको खोज तथा उद्धारलाई प्राथमिकतामा राखिएको छ। सुरुङभित्र फसेका व्यक्तिको खोजी तथा उद्धारका लागि नेपाली सेनासहित स्वदेशी तथा विदेशी प्राविधिक र उद्धारकर्मी सम्मिलित संयुक्त टोली परिचालन गरिएको छ।
जोखिमपूर्ण अवस्थाका बाबजुद उद्धारकर्मीहरूले सुरुङभित्र प्रवेश गरी फसेका व्यक्तिहरूको अवस्थाबारे जानकारी लिन तथा उनीहरूको उद्धारका लागि निरन्तर प्रयास गरिरहेका छन्। सुरुङभित्र साँघुरो तथा जोखिमयुक्त स्थानमा समेत प्राविधिक उपकरणको प्रयोग गरी खोजी कार्य अघि बढाइएको छ।
यसैगरी बाढीपहिरोका कारण विभिन्न स्थानमा बेपत्ता भएका तथा जोखिममा परेका व्यक्तिको खोजी र उद्धार कार्यलाई पनि तीव्र पारिएको छ। प्रभावित क्षेत्रमा आवश्यकताअनुसार सुरक्षा जनशक्ति, उद्धार सामग्री तथा प्राविधिक टोली परिचालन गरी उद्धार कार्यलाई व्यवस्थित बनाइएको छ।
बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा राहत व्यवस्थापनमा समेत सुरक्षा निकायले समन्वयात्मक रूपमा काम गरिरहेका छन्। जोखिमपूर्ण भूगोल र प्रतिकूल मौसमका बीच उद्धार कार्यलाई निरन्तरता दिइएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
