राष्ट्रिय समाचार

चिलिमे उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

रसुवा । चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र जारी उद्धार अभियानमा सहयोग गर्न उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वऊर्जामन्त्री कुलमान घिसिङलाई नेपाली सेनाले बोलाएको छ।

सेनाको अनुरोधमा घिसिङ आज बिहान चिलिमेतर्फ प्रस्थान गरेका हुन्। विदेशी विज्ञसहितको उद्धार टोली सुरुङ छिचोलेर पावर हाउसभित्र पुग्ने प्रयासमा छ।

उद्धारका क्रममा आवश्यक प्राविधिक समन्वय र सुझावका लागि घिसिङलाई बोलाइएको उनको सचिवालयले जनाएको छ।

आयोजनाको सुरुङभित्र अझै ६ जना फसेको अनुमान गरिएको छ। उद्धार टोलीले उनीहरूको खोजी तथा उद्धारलाई तीव्रता दिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।