बिश्व

बंगलादेशमा शेख हसिनाको पुनरागमनको माग र देशव्यापी राजनीतिक आन्दोलन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


ढाका, बंगलादेश — नोभेम्बर २३, २०२६
बंगलादेशमा फेरि राजनीतिक तनाव चर्किएको छ। पूर्वप्रधानमन्त्री शेख हसिनालाई स्वदेश फर्काउनुपर्ने माग गर्दै उनको समर्थक दल अवामी लिगका कार्यकर्ताहरूले देशका विभिन्न स्थानमा प्रदर्शन, सडक अवरोध र बन्द आह्वान गरिरहेका छन्।

लोक कल्याणकारी विज्ञापन


यस आन्दोलनका क्रममा आगजनी, बम विस्फोट, प्रहरीसँग झडप र राजनीतिक कार्यकर्ताको ज्यान जाने घटनासमेत भएका छन्। नोभेम्बर २२ सम्म प्राप्त समाचारअनुसार पछिल्लो एक साताको हिंसामा कम्तीमा चार जनाको मृत्यु भएको छ
बंगलादेशमा सन् २०२४ को जुलाई महिनामा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थीहरूले आन्दोलन सुरु गरेका थिए।
आन्दोलन सुरु हुनुको मुख्य कारण सरकारी जागिरमा स्वतन्त्रता संग्रामका सेनानीका सन्तानका लागि ३० प्रतिशत आरक्षण पुनः लागू गर्ने निर्णय थियो।


विद्यार्थीहरूले योग्यताका आधारमा रोजगारी दिनुपर्ने माग गरे। तर आन्दोलन नियन्त्रण गर्ने क्रममा तत्कालीन प्रधानमन्त्री शेख हसिनाको सरकारले प्रहरी तथा सुरक्षा निकाय परिचालन गर्‍यो।
त्यसपछि आन्दोलन देशव्यापी विद्रोहमा परिणत भयो।

लोक कल्याणकारी विज्ञापन
AD


उनका समर्थकहरूले मुख्य रूपमा निम्न माग अघि सारेका छन्:
शेख हसिनालाई स्वदेश फर्कने अनुमति दिनुपर्ने।
उनलाई नयाँ राहदानी र परिचयपत्र उपलब्ध गराउनुपर्ने।
अवामी लिगमाथिको प्रतिबन्ध हटाउनुपर्ने।


राजनीतिक गतिविधि सञ्चालन गर्ने अधिकार दिनुपर्ने।
हसिनामाथि भएको कानुनी कारबाही राजनीतिक प्रतिशोध भएको भन्दै त्यसको विरोध गर्ने

बंगलादेशमा शेख हसिनाको स्वदेश फिर्तीको माग र अवामी लिगको आन्दोलनसँग जोडिएको राजनीतिक तनावका बीच नोभेम्बर १८ मा BNP को मोटरसाइकल र्‍यालीमाथि आक्रमण भएको थियो। उक्त घटनामा BNP सम्बद्ध दुई नेताको मृत्यु भएको समाचार बंगलादेशका सञ्चारमाध्यमले प्रकाशित गरेका मृत्यु भएका हरुमा

१. मोहम्मद शाहिन मोल्ला (Md Shahin Molla)
उमेर: करिब ४५ वर्ष
पद: कालिया उपजिल्ला कृषक दलका महासचिव
घर: मिर्जापुर गाउँ, नराइल
मृत्यु: १८ नोभेम्बर २०२६

सोहेल मोल्ला (Sohel Molla)
उमेर: करिब ३५ वर्ष
पद: कालिया उपजिल्ला जातीयतावादी सामाजिक सांस्कृतिक संस्था (JASAS) का महासचिव
घर: बंगलादेशको कालिया क्षेत्र
मृत्यु: १८ नोभेम्बर २०२६

बिज्ञापन