राजनीति

कहाँ पुग्यो वामदेवलाई एकीकृत समाजवादीमा ल्याउने प्रयास ?

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमका बीचमा पार्टी एकताको ’boutमा ‘वान टु वान’ छलफल भएको छ ।

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार नेपाल र गौतमका बीचमा भेटवार्ता भएको हो । पार्टी एकताका ’boutमा यसअघि नेपाल गौतम निवास भैंसेपाटीमा पुगेका थिए । एकीकृत समाजवादी र अभियानका बीचमा शीर्ष तहका नेता तथा वार्ता टोलीका बीचमा निरन्तर छलफल जारी रहेको छ ।

बिज्ञापन

छलफलपश्चात नेता गौतमले अहिले नै एकताका सबै विषय टुंगो लागि नसकेको र छलफल जारी रहेको बताए । ‘टुंगो लागेको छैन, छलफल जारी छ, एकता कहिले हुने भन्ने’boutमा हामी अहिले नै टुंगोमा पुग्न सकेका छैनौं तर छलफल सकारात्मक छ, हामी फेरि पनि छलफल गर्दै टुंगो लगाउँनेछौं,’ गौतमले भने ।

गौतमका अनुसार पार्टीको विचार, सिद्धान्त, सांगठनिकलगायतका विषयमा छलफल भइरहेको छ । संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका ’boutमा नेपालले स्पष्ट जवाफ नदिएको उनले जनाएका छन् । अरू विषयमा धेरै कुरा मिलेको बताउँदै उनले मिल्न बाँकी रहेका विषयलाई छिट्टै टुंगो लगाउने बताए ।

एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले दुई नेताका बीचमा पार्टी एकताका ’boutमा छलफल भएको बताए । ‘छलफल सकारात्मक भएको छ, पार्टी एकतालाई निष्कर्षमा पु¥याउनका लागि शीर्ष नेताका साथै वार्ता समितिका बीचमा निरन्तर छलफल जारी छ, वैचारिक, सैद्धान्तिक, सांगठनिकलगायतका विषयमा गम्भीर छलफल चलिरहेको छ, छिट्टै नै टुंगो लगाउँदै एकता हुन्छ,’ भट्टराईले भने ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बीच एकीकरण भएर गठन भएको तत्कालीन नेकपा विभाजन भएपछि गौतम कुनै दलमा नलागी स्वतन्त्र बसेका थिए । पछि उनले अभियान गठन गरी पुनः नेकपा ब्युँत्याउन खोजेका थिए । तर, त्यो प्रयास असफल भएपछि उनले एमाले प्रवेश गर्ने चाहना व्यक्त गरे ।

तर, एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई एमाले भित्र्याउन चाहेनन् । एमालेमा प्रवेश नपाएपछि गौतमले पछिल्लो समय एकीकृत समाजवादीसँग एकता गर्न खोजेका छन् । स्रोतका अनुसार एकीकृत समाजवादीले समेत गौतमलाई भित्र्याउन आनाकानी गरिरहेको छ । तर, शीर्ष नेताहरूले गौतमलाई एकीकृत समाजवादीमा तेस्रो मर्यादाक्रम दिएर ल्याउन खोजिएको बताए ।

पूर्वउपप्रधान, गृह एवं रक्षामन्त्रीसमेत भइसकेका गौतमले पटकपटक प्रधानमन्त्री बन्ने चाहना राख्दै आएका छन् । अहिले राष्ट्रिय सभाका सदस्य रहेका गौतमले सार्वजनिक रूपमै संविधान संशोधन गरी राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री हुन पाउने व्यवस्था गर्नुपर्ने भन्दै आएका थिए । नेपालले गौतमसँग छलफल गरेपछि गौतम नेतृत्वको अभियानले पार्टी एकताका लागि वार्ता समिति गठन ग¥यो ।

गौतमले अभियानका महासचिव डीबी कार्कीको नेतृत्वमा भगवती विष्ट र लोकनाथ धमला सदस्य रहनेगरी वार्ता समिति गठन गरे । यता, एकीकृत समाजवादीले उपाध्यक्ष प्रमेश हमाल र स्थायी कमिटी सदस्य बलराम बाँस्कोटालाई वार्ताको जिम्मेवारी दियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।