बाल गायक सचिन परियारको निधन
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । बाल गायक सचिन परियारको निधन भएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । शिक्षण अस्पताल स्रोतका अनुसार उनको बिहिवार बिहान १०ः०० बजे निधन भएको हो ।
लामो समय देखी बिरामी रहेका उनको अचानक स्वास्थ्यमा समस्या आएपछि गता साता उनी अस्पताल भर्ना भएका थिए । केही वर्षअघि सामाजिक सञ्जालमार्फत चर्चामा आएका सचिनका आधा दर्जन लोकगीत करोड क्लबमा पुगेका थिए ।
बिज्ञापन

फरक स्वादको स्वर भएका सचिनको ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायतका गीतहरू चर्चित मानिन्छन ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
