टीकापुरबिश्व

मुम्बई देखी पुष्पकट्रेनबाट घर फर्कदा उरई स्टेसन बाट हराएकी ६५ बर्षिय भण्डारी मुरादावादमा फेलापरेपछी परिवारमा छायो खुशी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ भारतको मुम्बई देखी पुष्पक एस्प्रेस ट्रेनमा नेपाल कैलाली टीकापुर आउने क्रममा उत्तरप्रदेशको कानपुर लखनउ बीच पर्ने उरई रेल्वे स्टेसनबाट अचानक हराएकी कैलाली जिल्ला टीकापुर निवासी ६५ बर्षिय पार्वती भण्डारी मुरादाबाद जिल्लाको मेहमुपुर ग्रामका प्रधान बलाराम सिह यादवले मुरादावाद पन्जाव हाइवेमा हिडिरहेको अवस्थामा फेला पारेको प्रधान यादवले मालिका समाचार लाई बताए ।


आमा फेला परेको खबर सुनेपछि ५/६ दिन देखी खोजी कार्यमा रहेका उनका छोरा राम बहादुर भन्डारी ,भरत भन्डारी भेटाएको लोकेश्वन खोजेर मुरादावाद पुगेपछि हराएकी हामी संग भेट हुदा खुशी छाएको बताए । साथै उहाका नातेदार हरु मकर के.सी जोशी ,हेमन्त रावल ,बम रावल लगायत संगै पुगेका छ्न ।

बिज्ञापन

नेपाली महिला भारतमा हराएपछि यति धेरै खोजिकार्य पछि भेटिएको यो नयाँ सुखद खबर हो ।

यसको निम्ति उहाँका छोरा तथा आफन्त हरुले भारत उत्तर प्रदेश सरकार ,निरंकारिमिसन प्रहरी प्रशासन लगायत थुप्रै संग सस्था सामाजिक व्याक्ती संचार माध्यमको सहयोग लिइएको थियो ।

उनलाई उरईका स्थानीयले भेटाएर कालपी प्रहरीको जिम्मा लगाएका थिए फेरि प्रहरीले भाषा नबुझेर टीकापुरमात्रै भनेकोले र महिला लाई राती राख्न सक्ने अनुमति र सुविधा नभएकोले गोरखपुर तर्फ पठाएको बताइएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।