राजनीति

हिन्दू राज्य फर्काउन बाह्य शक्ति लागेको माओवादीको आशंका

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेकपा माओवादी केन्द्रले संविधान संशोधनको बहस चलिरहेको बेला बाह्य शक्तिले हिन्दू राज्यको अवधारणासहित नेपालमा आन्दोलन चर्काउन खोजेको आशंका गरेको छ ।

आज प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा हिजो पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीको तस्बिर प्रयोग भएको विषयमा पनि छलफल भएको छ ।

बिज्ञापन

बैठकपछि सचिव डोरप्रसाद उपाध्यायले भने, ‘बाह्य शक्तिहरुले हिन्दू राज्यको अवधारणसहित अगाडि आउनुपर्छ भनेर संविधान संशोधन लगायतका विषयहरूमा जोड पुगोस् भनेर सडक तताएको हुनसक्छ भन्ने आशंकासहित छलफल चलिरहेको छ । त्यसमा अहिलेको सरकारको नेतृत्वको मौनता रहस्यमय छ ।’

यस्तै आन्दोलन चलिरहे माओवादीले ल्याएको व्यवस्था कमजोर पार्न सकिन्छ भन्ने सरकारमा हुनेहरूले सोचेको हुनसक्ने आशंका व्यक्त गरे । उनले अब सडक र सदनको मोर्चालाई बलियो बनाउनुपर्ने निष्कर्ष निकालेको सुनाए ।

उपाध्यायका अनुसार अध्यक्ष प्रचण्डले परिस्थिति गणतन्त्रवादीको हातभन्दा बाहिर जाने स्थिति बन्न खोजिरहेको ब्रिफिङ गरेको बताए । व्यवस्थाविरुद्ध राजतन्त्रवादीहरूको प्रयासको कारणबारे अध्ययन गरेर थप छलफलको लागि भोलि फेरि बैठक बस्ने भएको छ ।

उनले अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि संवाद गर्ने तयारी रहेको बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।