घटना

छोराको चक्कु प्रहारबाट बाबु गम्भीर घाइते

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

विराटनगर : मोरङको रंगेलीमा सोमबार दिउँसो १ जना युवाले आफ्नै बाबुमाथि चक्कु प्रहार गरेका छन्। 

लोक कल्याणकारी विज्ञापन

चक्कु प्रहारबाट वृद्ध बुवाको अवस्था गम्भीर बनेको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले रंगेली नगरपालिका–७ का ३५ वर्षीय अशोक चौधरीले बुवा ६१ वर्षीय चन्देश्वर चौधरीलाई सोमबार दिउँसो ४ बजेतिर चक्कु प्रहार गरेको जानकारी दिए। 

लोक कल्याणकारी विज्ञापन

उनका अनुसार घरायसी विवादका क्रममा छोराले बाबुमाथि चक्कु प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। कस्तो खालको घरायसी विवाद हो भन्ने प्रहरीले खुलाएको छैन।

बिज्ञापन

छोराले चक्कु प्रहार गर्दा चन्देश्वरको टाउको र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ। विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत उनको अवस्था गम्भीर रहेको डीएसपी जोशीले बताए। 

उनका अनुसार बुवालाई चक्कु प्रहार गर्ने अशोकलाई चक्कुसहित पक्राउ गरिएको छ। घटनाको थप अनुसन्धान भइरहेको उनले बताए।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन