घटना

त्रिशूलीमा खस्यो ट्रक, चालकको मृत्यु, सहचालक घाइते

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

११ चैत, चितवन । मुग्लिन–नारायणगढ सडकखण्डको चौधकिलो भन्ने स्थानबाट कोइला बोकेको ट्रक त्रिशूलीमा खस्दा चालकको मृत्यु भएको छ । दुर्घटनामा परी सहचालक घाइते छन् ।

आज बिहान करिब साढे ६ बजे बागमती प्रदेश ०३–००१ ख ४८७४ नम्बरको ट्रक आफैं अनियन्त्रित भई त्रिशूलीमा खसेको थियो ।

बिज्ञापन

दुर्घटनामा परी ट्रक चालक रौतहट घर भएका अन्दाजी ३०/३५ वर्षीय रामनारायण यादवको मृत्यु भएको र सहचालक रौतहटकै १९ वर्षीय असुन्द्र कुमार यादव घाइते भएको चितवन प्रहरीले जनाएको छ ।

ट्रक दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय जुगेडीबाट प्रहरी नायब निरीक्षक ठाकुर प्रसाद पनेरु नेतृत्वको टोली खटिएको थियो । टोलीले चालक र सहचालकलाई उद्धार गरी सरकारी अस्पताल भरतपुर पठाएको थियो ।

थिए भने चालकलाई ८ः२० बजे मृत घोषणा गरेका थिए ।

प्रहरीका अनुसार दुर्घटनाका कारण ट्रक पूर्णरुपमा क्षतिग्रस्त भएको छ । ट्रकको आधा भाग त्रिशूली नदीमा डुबेको देखिन्छ । त्यसलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।