बिश्व

बाइडेनको कायरताले गर्दा देशहरु अमेरिकासँग डराउन छाडे : डोनाल्ड ट्रम्प

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जो बाइडेनको कार्यकालमा अमेरिकासँग कोही पनि डराउन छाडेको बताएका छन् । ट्रम्पले साउथ क्यारोलिनामा शनिबार आयोजित एक ¥यालीलाई सम्बोधन गर्ने क्रममा बाइडेनको कार्यकालमा अमेरिकाको ‘न त सम्मान नै भएको र न त डराउन नै छाडेको’ बताएका हुन् । हाल अमेरिकाप्रति भइरहेको व्यवहार यसअघि कहिल्यै नभएको पनि उनको भनाइ थियो ।

‘हामीलाई अरू देशले यो गर, त्यो गर भनेर अर्ति दिइरहेका छन्’, ट्रम्पले भने, ‘यही भएर हामीले संसारभर भद्रगोल, अशान्ति एवं रक्तपात देखिइरहेका छौं ।’ बाइडेनको कमजोरी, कायरता र अक्षमताका बाबजुद पनि रक्तपातपूर्ण युद्धमा नफँसिकनै युक्रेनको वियोग अन्त्‍य गर्न सकिने पनि उनको भनाइ थियो ।

बिज्ञापन

बाइडेन प्रशासनले मस्कोलाई अल्टिमेटम दिनुपर्ने पनि ट्रम्पको सुझाव थियो । उनले भने, ‘तत्कालै शान्तिका लागि वार्ता गर वा घातक परिणाम भोग्न तयार होऊ भन्न सक्नुपर्छ ।’ तर अमेरिकी सरकारसित पुटिनसँग कुरा गर्ने कुनै व्यक्ति नहुनु समस्याको पाटो भएको पनि उनको भनाइ थियो ।

आफू राष्ट्रपति भएका भए रुसले युक्रेनमा हमला गर्ने अवस्था नआउने पनि बाइडेनले दाबी गरे । ‘फेक न्युज’ले आफ्नो व्यक्तित्वका कारण अमेरिकालाई युद्धमा धकेल्ने भनेर प्रचार गरेको तर, आफ्नो व्यक्तित्व युद्धबाट टाढै राख्ने खालको भएको पनि उनले तर्क थियो । ‘झण्डै चार दशकको अवधिमा म मात्रै एउटा यस्तो राष्ट्रपति हुँ जसले अमेरिकालाई कुनै पनि नयाँ युद्धमा धकेलेन ‘, ट्रम्पले थपे ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।