घटना

नारायणी नदीमा डुबेर दिदीभाई बेपत्ता 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नवलपुरको गैँडाकोट नगरपालिका- १ ब्रिटिस पेन्सन क्याम्पनजिकै नारायणी नदीमा दुईजना दिदीभाइ बेपत्ता भएका छन् । 

लोक कल्याणकारी विज्ञापन

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार आज साँझ ६ बजेतिर बाग्लुङ जिल्ला घर भई हाल गैँडाकोट १ ब्रिटिस क्याम्पनिवासी १३ वर्षीया दिदी दीक्षा सेर्पुञ्जा र ९ वर्षीय भाई स्वप्निल सेर्पुञ्जा नदीमा डुबी बेपत्ता भएका हुन् ।

लोक कल्याणकारी विज्ञापन

नारायणी नदीकिनारमा ६० वर्षीया हजुरआमा सुनमाया कुमालसँग खेल्न गई फर्कने क्रममा हजुरआमाको चप्पल नारायणी किनारमा छुटेकोले उक्त चप्पल लिन जाँदा पहिला भाइ र पछि दिदी नदीमा डुबी बेपत्ता भएको प्रहरीले जनाएको छ। 

बिज्ञापन

बेपत्ता दिदीभाइ दुवैको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन