घटना

नारायणी नदीमा डुबेर दिदीभाई बेपत्ता 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नवलपुरको गैँडाकोट नगरपालिका- १ ब्रिटिस पेन्सन क्याम्पनजिकै नारायणी नदीमा दुईजना दिदीभाइ बेपत्ता भएका छन् । 

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार आज साँझ ६ बजेतिर बाग्लुङ जिल्ला घर भई हाल गैँडाकोट १ ब्रिटिस क्याम्पनिवासी १३ वर्षीया दिदी दीक्षा सेर्पुञ्जा र ९ वर्षीय भाई स्वप्निल सेर्पुञ्जा नदीमा डुबी बेपत्ता भएका हुन् ।

बिज्ञापन

नारायणी नदीकिनारमा ६० वर्षीया हजुरआमा सुनमाया कुमालसँग खेल्न गई फर्कने क्रममा हजुरआमाको चप्पल नारायणी किनारमा छुटेकोले उक्त चप्पल लिन जाँदा पहिला भाइ र पछि दिदी नदीमा डुबी बेपत्ता भएको प्रहरीले जनाएको छ। 

बेपत्ता दिदीभाइ दुवैको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।