सुदूरपश्चिम प्रदेश

जयगढबजार आगलागी : सात करोड बढीको क्षति अनुमान

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अछाम, चैत २७ गते । घरमा राखेको ग्यासको सिलिण्डर पड्किएर आगलागी भएको जयगढ बजारमा ७ करोड रुपियाँभन्दा बढी क्षति भएको आँकलन गरिएको छ । जयगढ बजारमा रहेका २७ वटा घरपसल, सामग्री गरेर ७ करोडभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान गरिएको अछाम प्रहरी प्रमुख प्रहरी नायब परीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो । 

आगलागीमा ढुंगामाटोका १०, जस्तापाताका १५, पक्की दुई घर पसल जलेर नष्ट भएको छ । आगलागीबाट सुनचाँदी, कपडा, स्थानीय सामग्री, खुद्रा पसलसँगै घरहरु आगजनीमा परेर जलेका छन् । आगलागीबाट भएको धनमालको क्षतिका बारेमा थप विवरणहरु संकलन भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ । आधा रातिसम्म आगलागी नियन्त्रणमा केन्द्रित भएको र ठुलो क्षति भएकाले विवरण संकलनको काम भइरहेको बताइएको छ । 

बिज्ञापन

स्थानीय पुष्पराज शर्माको आइएमइ सेन्टरबाट बेलुकी करिब साढे ७ बजेटबाट भएको आगलागी पाँच घण्टापछि नियन्त्रणमा लिइएको थियो । बजारको साँघुरो सडक, नजिकमा पानीको स्रोत नहुनु र जिल्लामा एक मात्र दमकल भएका कारण आगलागी नियन्त्रणमा लिन समस्या भएको बताइएको छ । 

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय र मंगलसेन नगरपालिकाको दमकलको  प्रयासपछि लामो समय लगाएर आगलागी नियन्त्रणमा लिइएको थियो । बान्नीगढी जयगढ गाउँपालिकाको कार्यालयसँगै जोडिएको जयगढ बजारका साथै नजिकै रहेको खर मेलामा आगलागी भएपछि बजार सकिने चिन्तामा स्थानीय रहेका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।