अवर्गीकृत

अत्तरियामा प्रहरी कार्यालय अगाडि पुरुषको शव फेला

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः कैलालीको अत्तरियामा एक पुरुषको शव फेला परेको छ। ईलाका प्रहरी कार्यालय मालाखेती अगाडि रहेको दुर्गा मन्दिर परिषरमा पुरुषको शव फेला परेको हो।  

अर्धनग्न अवस्थामा फेला परेको शवमा चोटपटक पनि देखिएको ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगाबहादुर थापाले बताए। उनले शवको प्रकृति हेर्दा हत्या गरिएको जस्तो देखिएको बताएका छन्। उनका अनुुसार शवको पहिचान हुन सकेको छैन। अहिले शव घटनास्थलमै रहेको छ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।