अवर्गीकृत

अछाममा दृष्टिविहिन महिलालाई करणी गर्ने एक जना पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अछामः अछाममा दृष्टिविहिन महिलालाई करणी गर्ने एक जना पक्राउ परेका छन्। 

जन्मजात दृष्टिविहीन २१ वर्षीया महिलालाई करणी गरेको आरोपमा प्रहरीले रामारोशन गाउँपालिकाका ५१ वर्षीय चेतमान रोकायालाई पक्राउ गरेको छ। दृष्टिविहीन महिलालाई जबरजस्ती करणी गरेको उजुरी आउनेबित्तिकै रोकायालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

बिज्ञापन

अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले महिलाको स्वास्थ्य परीक्षण गर्दा २८ हप्ताको गर्भ देखिएको बताए। पक्राउ परेका रोकाया पनि दाहिने खुट्टाको अपांगता भएको र महिला दृष्टिविहीन भएकाले अपांगता भएकाहरुको विभिन्न कार्यक्रममा जाने क्रममा रोकायाले डर धम्की देखाएर करणी गरेको हुन सक्ने प्रहरीले बताएको छ। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।