अछामको साँफेबगर हाटबजारमा आगलागी हुदा ठुलो क्षति

काठमाडौ अछामको प्रमुख व्यापारिक केन्द्र साँफेबगरको हाटबजारमा शनिबार बिहानआगलागी हुदा १० वटा पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्।सनिवार विहान करिब साढे ३ बजे साँफेबगर नगरपालिका–३मा रहेको सुवेच्छा होटलबाट आगलागी सुरु भएपछि क्षणभरमै आसपासमा रहेका पसलहरूमा डढेलो फैलिँदा ठूलो क्षति भएको हो
विद्युत सर्ट भएर सल्किएको आगो होटलबाट सुरु भई छेउका किराना, कपडा, मोबाइल, फलफूल लगायतका पसलहरूलाई पूर्ण रूपमा खरानी बनाएको स्थानीय व्यापारीले जनाएका छन्।
आगलागी भएपछि स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहकार्यमा आगो नियन्त्रणमा लिने प्रयास गरएपनि दमकल नहुदा आगो नियन्त्रणमा ढिलाई भएको बताइएको छ।
हालसम्म घटनामा मानवीय क्षति नभएको प्रारम्भिक जानकारी आएको छ भने क्षतिको विस्तृत विवरण संकलनको प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।
यो संगै हालै अछामका व्यावसायिक केन्द्रमा आगामीको दोस्रो घटना हो यसअघि, चैत्र २६ गते जयगढ बजारमा पनि यस्तै आगलागी भएको थियो। उक्त घटनामा ३५ वटा पसलहरु पूर्ण रुपले ध्वस्त हुदा ८ करोड बढीको क्षति भएको थियो ।
करोडौको क्षति र दर्जन बढी नागरिकको उठिबमस हुने गरि जयगढ आगलागी भएको एक महिना नहुदै अचानकमै अर्को आगलागीको घटना हुदाँ अछामका बासिन्दा हरुमा निकै त्रास फैलिएको छ।
स्थानीय सरकार लगायत सरोकारवालाले आगामी दिनमा यस्ता घटनासंगै ठूलो क्षति हुन नदिन दमकलको व्यवस्था अनिवार्य रूपमा गर्नुपर्ने आवस्यक देखिन्छ

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
