सुर्खेतमा वृहत सत्संग तथा रक्तदान कार्यक्रम सम्पन्न

बीरेन्द्रनगर (सुर्खेत), १३ बैशाख । सुर्खेतमा वृहत सत्संग तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

सुर्खेतका विभिन्न ठाउँबाट उपस्थित भएका साध संगतलाई सम्बोधन गर्दै सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय अध्यक्ष नर बहादुर रावलले सन्त निरंकारी मिशनको इतिहासमाथि प्रकाश पार्दै भन्नुभयो कि सन्त निरंकारी मिशनको स्थापना सन् १९२९ मा पाकिस्तानको पेशावरमा भएको थियो । सत्गुरु बाबा बूटा सिंह जीले ब्रम्हज्ञानी महात्मा कहान सिंह जीबाट ज्ञान लिनुभयो । आत्मा परमात्माको अंश हो । यो आत्मा हाम्रो अस्थाई घर हो, स्थाई घर भनेको त केवल निराकार परमात्मा मात्र हो यस विषयमा बाबा बूटा सिंह जीलाई गहिरो अनुभूति भयो । पछि ब्रम्हज्ञान प्राप्त गरिसकेपछि उहाँलाई बोझ भयोकि अस्थाई घर त दुई दिनको हो, आज छ त्यो भोलि छैन । तर वास्तविक घर त यो निरंकार परमात्मा नै रहेछ भन्ने कुराको बोध भइसकेपछि उहाँलाई लाग्यो यस कुराको जानकारी मलाई मात्र भएर हुँदैन, संसारका हरेक मानवले यसलाई जान्नु जरुरी छ भन्ने एउटा अभियानको थालनि गर्नुभयो । बाबा बूटा सिंह जी बाटोमा भेटाउने हरेकलाई सोध्नुहुन्थ्यो कि तपाई कहाँबाट आउनु भएको हो र तपाईको घर कहाँ छ ? यस्तो किसिमको व्यवहार देखेर कतिपय व्यक्तिले उहाँलाई पागल अथवा सनकीको उपमा समेत दिन पछि परेनन् । यसरी उहाँको कार्यकालमा जम्मा १६ जनामात्र सन्त महापुरुषहरु आवद्ध भएको इतिहास रहेको छ ।


आफूलाई बोध भएको ज्ञानलाई फैलाउँदै जाँदा उहाँलाई बाबा शाहंशाह बाबा अवतार सिंह जी भेटनुभयो । त्यति बेला बाबा अवतार सिंह जी रेलवे स्टेशनमा कुलीको काम गर्नु हुन्थ्यो । पछि उहाँले बेकरीको व्यवसाय चलाउनु भयो । पछि बाबा बूटा सिंह जीले उहाँलाई ब्रम्हज्ञान प्रदान गरेर सन् १९४२ मा मिशनको जिम्मेवारीलाई सुम्पेर आफू गुरसिख भएर जीवन बिताउनु भयो । त्यस्तै बाबा अवतार सिंह जीले बाबा गुरवचन सिंह जीलाई १९६३ मा गुरगद्दी सुम्पेर आफू गुरसिख भएर सेवा निभाउनु भयो उहाँले बताउनु भयो ।

बाबा गुरबचन सिंह जीले मिशनको जिम्मेवारी पाइसकेपछि उहाँले दिनरात नभनिकन सवारी साधानका सम्पूर्ण बहान जस्तै साईकल, बस, ट्रक, रेल आदिको प्रयोग गरेर मिशनलाई भारतको कुना–कुनामा फैलाउनु भयो । यसरी मिशनको प्रसार दिनप्रति दिन तिब्र रुपमा भइरहेको देखेर उनका विरोधीहरुलाई यस कार्यको पाचन भएन, हजारौं सन्तहरुको प्राण लिए अन्तमा सन् २४ अप्रेल १९८० मा बाबा जीलाई पनि आफ्नो गोलीको शिकार बनाए, उहाँले बताउनु भयो ।

बाबा गुरबचन सिंहको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिनको लागि अवतार पार्कमा राखियो, त्यसमा हजारौं सन्तहरु नेपाल लगाएत भारत तथा विभिन्न देशहरुबाट सहभागि भए । सबै वक्ताहरुले हामला गर्नेहरुमाथि निकै आक्रमक रुपमा प्रस्तुत भए तर जब स्टेजबाट बाबा हरदेव सिंह जीको विचार आयो तब बाबा जीले भन्नुभयो– ‘सबै सन्त–भक्तहरुले बाबा जीको हत्या गरिएकोमा आक्रमणकारीप्रति जवाफी कारवाही गर्नु पर्दछ । इटको जवाफ पथ्थरले दिनु पर्छ जस्ता विचार व्यक्त गर्नुभयो । दासको पनि बाबा जीसंग दुई नाता रहेका थिए पिता जी र गुरु । उहाँको रगत व्यार्थमा नालीमा बगेर गयो तर अबदेखि हामी सबै सन्त–भक्तहरुले रगतलाई नालीमा होइन नाडीमा बगाउनु पर्छ, बदलाको भावना हामीले लिनु हुँदैन, संहार होइन श्रृंगारको भावनालाई फैलाउनु पर्छ भन्ने सन्देश त्यति बेला बाबा हरदेव सिंह जी महाराजले आएका श्रद्धालुहरुलाई दिनुभयो । यसरी सन् १९८० देखि आरम्भ भएको रक्तदान अभियान आज विश्वमा फैलएर लाखौं यूनिट रगत संकल भइसकेको उहाँले बताउनु भयो ।

उहाँले नेपालमा रक्तदान शिविरको थालनी कैलाली जिल्लाको टीकापुरबाट भएर आज ४२ जिल्लासम्म आइपुगेको छ । सन्त निरंकारी मण्डल नेपालले समय–समयमा नेपालका विभिन्न ठाउँमा भएका बाढी–पैरो, भूकम्प, आगलागि, खडेरी आदि जस्ता प्राकृतिक विपतमा नगद तथा राहत सामाग्री प्रदान गर्नुको साथै कुनै ठाउँमा मानवीय भौतिक सहायता पनि गर्दै आएको छ । त्यस्तै स्वस्थ्य क्षेत्रमा रगतको अपुगतालाई ध्यानमा राख्दै समय–समयमा रक्त दान शिविरको आयोजना गरेर हजारौं मानवको प्राण बचाएको प्रष्ट पार्नुभयो ।

गायक तेज बहादुर बोहराद्वारा हरदेव वाणी गायन आरम्भ भएको सत्संग कार्यक्रममा कर्णाली प्रदेशका उधोग पर्यटन, बन तथा वातावरण मन्त्री माननिय सुरेश अधिकारी, अम्मर, कमला, पवित्रा, झण्डलाल, नविन, लिलाराम पुरी, विमला, बलभद्र पुरी, उपेन्द्र, जस ब. बि.क., कविराज रेग्मी, अर्जुज पार्की, राधा सुनार, कर्णाली प्रदेश सभा सदस्य माननिय जानकी सिंह, समाज सेवी दिनेश खत्री (वडा अध्यक्ष), हुरी पौडेल, दिपेश गीरी, सुर्खेत जिल्ला इंचार्ज सहविर थापा, प्रशन्न बटाला रहेका थिए भने मंगलाचरण तनु क्षेत्रीले गाउनु भएको थियो भने धुनी राधा बि.क.ले प्रस्तुत गर्नुभएको थियो । सत्संग कार्यक्रमको संचालन राजन रेग्मीले गर्नुभएको थियो । सत्संग कार्यक्रममा एक हजारभन्दा बढी सन्त–भक्तहरुको उपस्थिति रहेको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.