स्वास्थ तथा सरसफाइ

सुर्खेतको बीरेन्द्रनगरमा वृहत रक्तदान शिविरको आयोजना

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सुर्खेत, १३ बैशाख । सुर्खेतको बीरेन्द्रनगरमा वृहत रक्तदान शिविरको आयोजना गरिएको थियो ।

सन्त निरंकारी सत्संग भवन बीरेन्द्रनगरमा आयोजित बृहत रक्तदान शिविरमा कर्णाली प्रदेशका उधोग पर्यटन तथा वातावरण मन्त्री माननिय सुरेश अधिकारी ज्युको प्रमुख आतिथ्यतामा सु–सम्पन्न भएको थियो । उक्त कार्यक्रममा २०० जना सन्त महापुरुषले रक्तदान गर्न नाम लेखाएतापनि रेडक्रस शाखा बीरेन्द्रनगरले हाल सिमित पोईन्ट रगत मात्र संकलन गर्न सक्ने क्षमता भएको र केही दिनपछि पुनः रगत संकलन गर्न आउने भनेपछि महिला ६३ र पुरुष ६० गरि जम्मा १०३ रक्तदाता सन्त महापुरुषले रक्तदान गरेका थिए ।

बिज्ञापन

कार्यक्रमको विशिस्ट अथितिको रुपमा सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय अध्यक्ष नर बहादुर रावल, प्रदेश सभा सदस्य माननीय जानकी सिंह, जिल्ला समन्वय सभापती गंगाराम सुनार रहनुभएको थियो भने अतिथिको रुपमा बीरेन्द्रनगर न.पा. वडा न १ का वडा अध्यक्ष दिनेश खत्रीको समेत उपस्थिति रहेको थियो । उक्त अवरमा विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी व्यक्तित्व सहित अध्यात्मिक प्रेमी सन्तजनहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रमको सभापतिको रुपमा सुर्खेत जिल्ला प्रमुख सहबिर थापाले सेवा निभाउनुभएको थियो । साथमा माननीय मन्त्रीज्यु लगायत अतिथिले निर्माणाधिन सत्संग भवनको समेत निरीक्षण गर्दै आफ्नो सुझाव सल्लाह व्यक्त गर्नुभएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।