स्वास्थ तथा सरसफाइ

सन्त निरंकारी आदर्श विद्या मन्दिरको पहलमा सरसफाई

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, ११ वैशाख । सन्त निरंकारी आदर्श विद्या मन्दिरको पहलमा सरसफाई गरिएको छ ।

टीकापुर विद्युत कार्यालय अगाडि गुलाब रोपिएको क्यारी सरसफाई गरिएको छ । टीकापुरलाई ‘गुलाबको सिटी’ बनाउने उद्देश्यले करिब दुई वर्षअघि टीकापुर नगरपालिकाले जमरा पुलदेखि बस पार्कसम्म सडकका दुवै पेटीमा क्यारी निर्माण गरी गुलाबका बोट रोप्ने अभियान सञ्चालन गरेको थियो ।

बिज्ञापन

यस अभियानअन्तर्गत विद्युत कार्यालय अगाडिदेखि बस पार्कसम्मको क्यारीमा गुलाब रोप्ने जिम्मा सन्त निरंकारी सत्संग भवन टीकापुर र सन्त निरंकारी आदर्श विद्या मन्दिरले पाएका थिए । त्यसपछि सन्त निरंकारी सत्संग भवन टीकापुर र सन्त निरंकारी आदर्श विद्या मन्दिरले बाहिरबाट गुलाबका बोट आयात गरी रोपेको थियो ।

तर आवश्यक हावापानी, माटो तथा तापक्रम अनुकूल नहुँदा गुलाबका बोटहरू राम्रोसँग फस्टाउन सकेनन् । हाल क्यारीमा झारपात उम्रिएपछि त्यसको सरसफाइका लागि विद्यालयका विद्यार्थी तथा शिक्षक–शिक्षिकाहरूको संयुक्त पहलमा सरसफाई गरिएको हो ।

विभिन्न विद्यालय नयाँ विद्यार्थी भर्नाका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अभिभावकका घर–घरमा पुगिरहेका बेला सन्त निरंकारी आदर्श विद्या मन्दिर भने सामाजिक कार्यमा सक्रिय रहेको देखिन्छ ।

विद्यालयले समय–समयमा विभिन्न ठाउँमा सरसफाई गर्नुका साथै जनचेतना फैलाउने कार्यमा सधैं अग्रसर रहने गरेको विद्यालयका अध्यक्ष प्रकाश भण्डारीले बताए । विद्यालय पढाइको क्षेत्रमा पनि अग्रणी स्थानमा रहेको उल्लेख गर्दै उहाँले यस वर्षको नयाँ शैक्षिक सत्रका लागि नर्सरीदेखि कक्षा ९ सम्म भर्ना कार्य जारी रहेको जानकारी दिनुभयो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।