अवर्गीकृतआस्था /आध्यात्म

स्याङ्जाको बयरघारीमा प्रदेश स्तरीय वृृहत् आध्यात्मिक सत्संग सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

स्याङ्जा, ३ जेठ । स्याङ्जाको बयरघारीमा प्रदेश स्तरीय वृृहत् आध्यात्मिक सत्संग सम्पन्न भएको छ । ब्रम्हज्ञानको माध्यमबाट आध्यात्मिक जागरण तथा मानव जीवनको लक्ष्य प्राप्तिको उद्देश्यसहित जेठ ३ गतेका दिन प्रदेश स्तरीय वृहत् आध्यात्मिक सत्संग कार्यक्रम आयोजना गरिएको थियो ।

सन्त निरंकारी मण्डल नेपाल, शाखा बयरघारीको आयोजनामा भीरकोट–१, बयरघारीस्थित निरंकारी सत्संग भवनको प्राङ्गणमा भएको कार्यक्रममा वक्ताहरुले ब्रम्हज्ञान नै विश्व–बन्धुत्व, प्रेम, शान्ति र मानव एकताको पूरक रहेको जानकारी गराएका थिए ।

बिज्ञापन

कार्यक्रमका प्रमुख अतिथि एवं ज्ञान–प्रचारक महात्मा रबिन्दर बडोनीले मानव समाज विभिन्न धर्म, सम्प्रादय, जातजाति, आदिका नाममा निर्मित भएता पनि आध्यात्मिक ज्ञान र चेतनाले वसुधैव कुटुम्बकम्को परिकल्पनालाई मूर्तरुप दिन सकिन्छ भन्ने कुरामा जोड दिनुभयो । सन्त निरंकारी मिशन मानव कल्याण र विश्वबन्धुत्वको सन्देश फैलाउनका लागि रहेको भन्दै उनले कुनै पनि धर्मले तोड्ने नभई हरेक मानव समाजलाई जोड्नुपर्ने धारणा राख्नुभएको थियो ।

भीरकोट नगरपालिकाका प्रवक्ता दिपेन्द्र के.सी. ले नगरमा बढ्दो आत्महत्या तथा डिप्रेशन जस्ता समस्याको समाधान आध्यात्मिक चिन्तन तथा मानव मूल्यको आधार सत्संग भएकाले हरेक मान्छेले अध्यात्म र ज्ञानको मार्ग रोज्नु पर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका उपाध्यक्ष कृष्णबहादुर पन्थ, सचिव अनिल महर्जन, कोषाध्यक्ष कृष्ण कन्हैया पाठक, पोखरा शाखाका मुखी वीर बहादुर गुरुङ, बुटबल शाखाका सत्संग इन्चार्ज कुशल के.सी. लगायत विभिन्न जिल्लाबाट आउनु भएका सन्तहरुले भजन, कविता र प्रवचनमार्फत सत्संग मानव कल्याण, जिम्मेवार नागरिक र ब्रम्हज्ञानका विषयमा चर्चा गरेका थिए ।

कार्यक्रममा भीरकोट नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष, राजनीतिक दलका सभापति÷अध्यक्ष एवं प्रतिनिधिको सहभागिता रहेको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।