दाङको तुलसीपुरमा लुम्बनी प्रदेश स्तरी सत्संग सम्पन्न

दाङ (तुलसीपुर), १२ जेठ । दाङको तुलसीपुरमा लुम्बनी प्रदेश स्तरी सत्संग सम्पन्न भएको छ ।

आध्यात्मिक सत्संगमा विभिन्न जिल्लाहरुबाट आएका सन्त–भक्तहरुलाई सम्बोधन गर्दै सन्त निरंकारी मण्डल दिल्लीबाट आउनु भएका केन्द्रीय प्रचार विभाग संंयोजक तथा ज्ञान प्रचार हेमराज शर्माले सन्तहरुको सन्देश मानवताको लागि हुने गर्दछ, नकि कुनै विशेष धर्म–सम्प्रदाय, जाति विशेष आदिको लागि होइन । चौरासी लाख योनिहरु मध्य सबैभन्दा उत्तम र सर्वश्रेष्ठ प्राणी भनेको मानव प्राणी हो । सोच्नु–सम्झनुको जुन क्षमता रहेको छ त्यो यस मानव योनिलाई नै प्राप्त भएको छ । यो जुन जीव वा आत्माले यस शरीरमा यात्रा गरिरहेको छ त्यसले अनेकौं शरीर धारण गरिसकेको छ । अज्ञानताको कारण सुख–दुःख


भोगिरहेको छ । यसको आवागमनको बन्धनलाई काट्न सकिन्छ । यो आवागमनको बन्धन तब काटिने जब हामी तत्व बेत्ता सत्गुरुको शरणमा जाने छौ । यसको शरणमा गएर मोक्ष प्राप्त गर्न सकिन्छ । जनु प्रकारले एउटा थोपा सागरमा मिल्छ, किनभने थोपा पनि पानी हो र सागर पनि पानी हो । सागरको काम पनि तिर्खा मेटाउनु हो, थोपाको काम पनि तिर्खा मेटाउनु हो । केहि गुुण दुईटैमा सामान्य रहेका छन् किनभने थोपापनि सागरकै अंश हो, थोपाको थोपा पनि सागर नै हो । जब त्यस थोपालाई सागर मिल्दछ भने त्यो सागरमा परिणत हुन जान्छ । त्यसपछि त्यो थोपाले आफ्नो अस्तित्व गुमाएर यसै सागरमा लिप्त हुन जान्छ । ठिक यस्तै प्रकारबाट जीवनमा यदि सत्गुरु प्राप्त हुन्छ भने जसले हामीलाई आफ्नो कुनै कर्म–काण्डका विधिहरु गर्न नलगाएर मूलसंग जोड्छ । सत्गुरु यस धर्तीमा वर्षौदेखि रहेको छ, यो कुनै नौलो कुरा होइन । यसले सर्धै मानवलाई मानव बनाउन उत्प्रेरित गर्दै आएको छ, बताउनुभयो ।

भगवानको कथा त हामी कहिपनि सुन्न सक्छौ तर यहाँ जो सन्त–महात्माहरु बोली रहेका छन् तिनीहरु त्यसै हावाताल वा बिना आधारमा बोली रहेका छैनन्, उनीहरु त साक्षात निराकार परमात्माको दर्शन गरेर मात्र त्यसको बारेमा संसारलाई बताई रहेका छन् कि आउनुहोस सत्गुरुको शरणमा तपाईहरु पनि यस निराकार परमात्माको साक्षात दर्शन गरिहाल । मानव योनि अमूल्य छ, बारबार मानव योनि पाईदैन, उहाँले बताउनुभयो ।

सत्गुरु दयालु हुन्छ । यसले कसैलाई काखापाख गर्दैन, कुनै धर्म, सम्प्रदाय, कालो–गोरो, जातिपाति, धनि–गरीब, सोनो–ठुलोलाई हेर्दै जोपनि यसको शरणमा आफ्नो अहंमतालाई त्यागेर पूर्णरुपमा समर्पण भएर आउँछ भने त्यसलाई सत्गुरुले क्षणभरमा नै ईश्वरको दर्शन गराउँछ । सत्गुरुले कसैको अवगुणलाई देख्दैन । चौरासी लाख योनिमा केवल खानु–पिउनु र सुत्नु मात्र रहेको छ । यसमा अरु केहि सोचिदैन । त्यसैले मानव योनिमा पनि आएर खानु, पिउनु, सुत्नुमा नै यो अमूल्य योनि गुमाउँछौ भने यसभन्दा दुर्भाग्य अरुकेहि हुन सक्दैन भनेर बारबार सत्गुरुले मानवलाई सम्झाउँदै आएका छन्, उहाँले प्रष्ट पार्नु भयो ।

उहाँले अगाडि भन्नुभयो कि सत्गुरुले बारबार सम्झाउँदा पनि हामी नजर अन्दाज गर्न थाल्छौभने यसको हानी हामीलाई नै हुने छ । भोलिको दिन आउने होकि होइन, समयमा नै सत्गुरुको शरणमा गएर ब्रम्हज्ञान प्राप्त गर्नुमा के खराबी हुन्छ ?, उहाँले प्रश्न गर्नुभयो ।

जब हामी सत्गुरुको शरणमा आउँछौभने त्यो कुनै मामुली कदम हुँदैन, जब हामी सत्संगमा आउँछौ त्यसलाई कल्प वृृक्ष भनिएको छ, त्यहाँ हाम्रो जीवनको कल्याण हुन जान्छ । ज–जसलाई यो ब्रम्हज्ञान प्राप्त हुन्छ भने तिनीहरुका सबै भ्रम समाप्त हुन जान्छन् । त्यसैले सन्त–महात्माहरुले भनेका छन् कि यस मानव तनमा प्रभु–परमात्मालाई जान्न सकिन्छ, देख्न सकिन्छ, यहि नै एक तरीका छ खुशी हुनुको, उहाँले सम्झाउनुभयो ।

हरदेव बाणीका शब्दहरुबाट आरम्भ गरिएको सत्संग कार्यक्रममा दिपा, हर्क बहादुर पुन, बिना एवं साथी, गोविन्द बहादुर ओली, गौरव एवं साथी, लेखमणी डांगी, क्षेत्र बहादुर डांगी, दिपामाला, सम्झना एवं साथी, सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय कोषाध्यक्ष कृष्ण कन्यैया पाठक, लील जी, गायक तेज बहादुर बोहरा, दिल्लीबाट आउनु भएका विजय शाही, नेपालगन्ज सत्संग भवनका मुखी शिव प्रसाद गोडिया, दिल्लीबाट आउनु भएका लक्षमण भट्टराई, देहरादूनबाट आउनु भएका ज्ञानेश्वर गुरुङ, तुलसीपुर सत्संग भवनकी मुखी शारदा जि.सी., दिल्लीबाट आउनु भएका अजीत एवं साथी, निशा चौरसिया र सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले भजन वा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव व्यक्त गरेका थिए भने मंगलाचरण रेशमा थापा, धुनि गायन दिल्ली समूहले गरेको थियो र सत्संग संचालन राकेश डि.सी.ले गर्नुभएको थियो । सत्संग समाप्ति भएपछि इच्छु सहभागिहरुलाई ब्रम्हज्ञान प्रदान गरेर कृतार्थ गरिएको थियो ।

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.