बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई ६ महिना जेल सजाय

काठमाडौँ । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी) ले पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलनाको मुद्दामा ६ महिनाको जेल सजाय सुनाएको छ
ढाका ट्रिब्युन अनुसार, अपदस्थ अवामी लिग नेतृ समेत रहेकी हसिनालाई न्यायाधीश एमडी गोलाम मोर्तुजा मोजुम्दारको अध्यक्षतामा रहेको तीन सदस्यीय इजलासले जेल सजाय बुधबार सुनाइएको हो ।

जुन २०२५ मा आईसीटीले शेख हसिनामाथि औपचारिक रूपमा ‘मानवता विरुद्धका अपराध’ को आरोप लगाएको थियो ।
आरोप अनुसार, २०२४ को जुलाईमा देशभर भएको जनविद्रोहका क्रममा भएको सामूहिक हत्याको आदेश दिनेमध्ये मुख्य व्यक्ति शेख हसिना रहेको अभियोजन पक्षले दाबी गरेको छ ।
मुख्य अभियोजक मोहम्मद ताजुल इस्लाम र उनको टोलीले अदालतमा बुझाएको आरोपपत्रमा हसिनामाथि जुलाई र अगस्ट २०२४ मा भएका हिंसात्मक दमनहरूको प्रमुख योजनाकार भएको आरोप लगाइएको छ ।
अगस्ट ५, २०२४ मा शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिँदै ढाकास्थित निवास खाली गरेर भारततर्फ प्रस्थान गरेकी थिइन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
