टीकापुर लगाएत देशै भरका सुनचाँदी व्यवशायीहरुआन्दोलित

टीकापुर, असार १८ । टीकापुर लगाएत देशै भरका सुनचाँदी व्यवशायीहरुआन्दोलितत भएका छन । संयुक्त सुनचाँदी व्यवसायी सङ्घर्ष सघं कैलालीको आह्वानमा कैलाली सुनचाँदी आभुषण व्यवशायी संघ उपशाखा टीकापुर र सुनचाँदी व्यवशायी संघ कैलाली उपशाखा टीकापुर अन्र्तगतका व्यवशायीहरु समेत आन्दोलनमा उत्रिएका छन ।
जिल्लाका टीकापुर, लम्की, भजनी, बौनिया, सुखड, जोशीपुरका व्यवशायीहरुले आज टीकापुरमा प्रदर्शन गरेका छन । उनीहरुले विरोध र्याली प्रदर्शन गर्नुका साथै कोणसभा समेत गरेका छन ।

कोणसभामा नेपाल सुनचाँदी व्यवशायी महासंघ सुदूरपश्चिम प्रबक्ता रुपक सुनार, नागरिक समाजबाट भीमराम चपाँई, घोडाघोडी सुनचाँदी व्यवशायी संघ सुखडका अध्यक्ष दिनेश सोप लगायतले बोलेका थिए ।
कैलाली सुनचाँदी आभुषण व्यवशायी संघ उपशाखा टीकापुरका अध्यक्ष देवबहादुर शाहुको अध्यक्षतामा भएको कोणसभाको सञ्चालन तुला शाहुले गरेका थिए ।
व्यवशायीहरुले इलाका प्रशासन कार्यालय टीकापुर अघि नारा जुलुस गर्नुका साथै केहीबेर धर्ना समेत दिएका थिए ।
सरकारले बजेट मार्फत २ प्रतिशत विलासिता कर तथा हिरा वा बहुमुल्य पत्थरमा लगाएको १३ प्रतिशत भ्याट खारेजीको माग गर्दै व्यवशायीहरु आन्दोलित भएका हुन । उनीहरुले उपभोक्ता, कर्मचारी, कालिगढ, व्यवशायीमैत्री ऐन, कानून जारी गर्न सरकारसँग माग गरेका छन ।
सुनचादी व्यवसायि सङ्घले गरेको आन्दोलन अझै सशक्त सङ्घर्षका रुपमा अगाडि बढ्ने कैलाली सुनचाँदी व्यवसाय सङ्घका सचिव प्रकाश भण्डारीले जानकारी दिनुभयो।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
