राष्ट्रिय समाचार

तातोपानी नाका बाट भित्रियो चिनियाँ हेलिकप्टर

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

तातोपानी नाका भएर पहिलोपटक चिनियाँ हेलिकोप्टर नेपालमा आयात भएको छ । भूकम्पपछि चिनियाँ सहरबाट सामान ट्रान्सपोर्ट गर्दै आएको आडो ट्रान्सपोर्ट कम्पनीले ४० फुट लामो  टेलर(लारीमा)राखेर हेलिकोप्टर तातोपानी ल्याएको हो ।


प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ सकमक्षी ली खछ्याङबीच २०७२ साल चैत ८गते भएको भेटवार्तापछि पारवहन  सम्झौता भएको थियो ।
सम्झौता पत्रमा तत्कालीन  परराष्ट्रमन्त्री कमल थापा र चिनियाँ समकक्षीले हस्ताक्षर गरेका थिए।पारवहन सम्झौता प्रधानमन्त्री ओलीको चीन भ्रमणको मुख्य एजेण्डा थियो । उक्त सम्झौता  नेपालको हितमा ऐतिहासिक मानिएको छ ।

बिज्ञापन


चीनसँगको सम्झौताले तेस्रो मुलुकबाट हुने आयात निर्यातमा भारतसँगको निर्भरता अन्त्य भएको हो  नेपालले यसअघि भारतसँग मात्र पारवहन सम्झौता गरेको थियो । तर, संविधान जारी भएपछि नाकाबन्दीका क्रममा उसले तेस्रो मुलुकबाट हुने आयात समेत रोकेको थियो ।


त्यसको सामाना गर्दै तत्कालीन सरकारमा पनि हालका प्रधानमन्त्री के पी शर्मा ओलिको नेतृत्वमा ऐतिहासिकाम भएकोथियो भने हाल सिधै यसरी आयात हुन थालेको छ ।

हाल नेपालको माउन्टेन हेलिकोप्टर प्रालिले खरिद गरेको सो हेलिकोप्टर नेपाल–चीन सीमामा रहेको तातोपानी भन्सारको यात्रु शाखामा अनलोड गरिएको हो । माउन्टेनले पाँचवटा चिनियाँ हेलिकोप्टर खरिद गरेको छ । ती सबै तातोपानी नाका भएर काठमाडौ आयात हुँदै छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।