राजनीति

वन मन्त्रीलाई हटाएपछि चिढियो नाउपा : संघ र प्रदेशमा प्रतिपक्षमा बस्ने तयारी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेसँगै नागरिक उन्मुक्ति पार्टीले संघ र प्रदेश सरकारबाट बाहिरिने बताएको छ ।

संघीय सरकारमा राज्यमन्त्री अरुण चौधरीले राजीनामा भोलि राजीनामा दिने र प्रतिपक्षमा बस्ने अध्यक्ष रञ्जिता श्रेष्ठले बताएकी छन् । ‘संरक्षक ज्युको सल्लाहमा प्रदेश सभा र संघीय सरकारमा प्रतिपक्षमा बस्ने सहमति भएको छ’, उनले भनिन् ।

बिज्ञापन

पार्टीको सल्लाह बिना मन्त्रीहरूलाई बर्खास्त गरेपछि सरकार बाट फिर्ता हुने तयारी गरिएको संरक्षक रेशम चौधरीले बताए ।

आज सुदूरपश्चम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई मुख्यमन्त्री शाहले बर्खास्त गरेपछि नाउपा रुष्ट भएको हो । चौधरीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत पनि प्रतिपक्षमा बस्ने जानकारी दिएका छन् ।  मन्त्री चौधरीले ‘सक्ने भए आफूलाई बर्खास्त गरेर देखाउन’ चुनौती दिएका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।