बाल्टीको पानीमा डुबेर कञ्चनपुरमा बालिकाको मृत्यु
लोक कल्याणकारी विज्ञापन

धनगढी। कञ्चनपुरमा बाल्टीको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।
जिल्लाको भीमदत्त नगरपालिका-८ तिलचौडाका सुरज सिंहकी डेढ वर्षीया छोरी प्रियाको बाल्टीको पानीमा डुबेर मृत्यु भएको हो। घरको आँगनमा रहेको बाल्टीको पानीमा शुक्रवार दिउँसो उनी डुबेकी हुन्। पानीमा डुबेपछि महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा उपचारका लागि लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले आवश्यक अनुसन्धान जारी रहेको बताए।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
