राजनीति

सबैभन्दा ठूलो हत्याको बिल्ला भिरेको छु : रेशम चौधरी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

२८ असार, काठमाडौं । नागरिक उन्मुक्तिका संस्थापक रेशम चौधरीले मान्छे मारेको स्वीकार गर्नेहरूलाई केही नगरिएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसंख्यकहरुको राष्ट्रिय भेलामा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

आफूलाई अहिले पनि टिकापुर हत्याकाण्ड गरिस् भनेर गाली गर्ने गरेको बताउँदै उनले  तर आफू टिकापुर घटनामा घटनास्थलमै नरहेको दोहोर्‍याए ।

बिज्ञापन

मान्छे नमार्ने थारुहहत्यारा भएको तर मान्छे मार्नेहरू सरकारमा सँगै रहेर पनि मान्छे मारेको स्वीकार गर्नेहरूलाई यत्तिकै छोडिएको उनको भनाइ थियो ।

‘हामी मान्छे नमार्ने थारुहरू हत्यारा भयौँ । मान्छे मार्नेहरू उनैसँग छन् फेरि । सँगसँगै छन् । उनले मार्‍यौँ पनि भन्छन् । बडा पीडा छ । न्याय मरेको देश । अब बिद्रोह गरौँ, केका लागि विद्रोह गर्ने ? कसलाई मार्नलाई विद्रोह गर्ने ?,’ चौधरीले भने ।

चौधरीले नेपाल न्याय मरेको देश भएको समेत टिप्पणी गरेका छन् ।

‘म मेरो सामाजिक सञ्जालमा कहिले कहीँ हेर्छु । मार गाली गर्छन् मलाई । टिकापुर घटनामा मान्छे छैन, सबैभन्दा ठूलो हत्याको बिल्ला भिरेको छु,’ चौधरीले भने, ‘बच्चाको बाउ, आमा मसँग बिहान बेलुका हुनुहुन्छ । मेरो परिवारको बच्चा मर्‍यो, मलाई भन्छन् बच्चाको हत्याारा, हत्यारा, हत्यारा हँ ।’

संस्थापक चौधरीले मानिसहरु अब धेरै टाढिसकेको भन्दै विदेशको नागरिकता लिएर उतै बसेका मानिसहरूसँग आगामी चुनावमा हारिएला भनेर विदेशीहरूको भोट चलाउने प्रपञ्च भइरहेको बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।