घटना

हराएका शिक्षक राय मृत फेला

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

राजविराज । अघिल्लो दिन साँझदेखी हराइरहेका एक शिक्षक शुक्रबार मृत अवस्थामा फेला परेका छन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ बस्ने २७ वर्षिय रामकिशुन राय शुक्रबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीका अनुसार उनी बिहीबार साँझदेखी परिवारजनसँग सम्पर्कबिहीन भएका थिए । उनका आफन्तले इलाका प्रहरी कार्यालय पातो र इलाका प्रहरी कार्यालय कलयाणपुरमा निवेदन दिएपछी खोजतलासका क्रममा रायको मृत शरीर घरबाट करिब ५ सय मिटर टाढा रहेको कोशी नहरको छेउमा बिहान ६ः३० बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

बिज्ञापन

मृतकको शव पोष्टमार्टमका लागि स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा पु¥याई घटना ’bout थप अनुसन्धान भइरहेको उनको भनाई छ ।

शिक्षण पेशामा लागेका रायको मृत्यु रहस्यमय रहेको भन्दै परिवारजन र स्थानीयले उक्त घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग गरेका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।