कैलाली कारागारमा कैदीबन्दीबीच झडप, पाँच जना घाइते
लोक कल्याणकारी विज्ञापन

धनगढी । कैलाली कारागारमा कैदीबन्दीबीच झडप भएको छ । बिहीबार कारागारमा कैदीबन्दीबीच झडप हुँदा पाँच जना घाइते भएका छन् ।
लोक कल्याणकारी विज्ञापन

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले झडपका क्रममा घाइते भएका पाँच जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताए । उनकाअनुसार उनीहरूको बारेमा विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।
लोक कल्याणकारी विज्ञापन

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जोडिएका तीन जनाको अन्यत्र सरूवा भएको बताए । उनीहरूलाई स्थानान्तरण गर्ने क्रममा विवाद हुँदा झडप भएको बताए ।
बिज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

