अर्थ

महालक्ष्मी विकास बैंकबाट २ करोड ८४ लाख बढी रकम हिनामिना, चार कर्मचारी पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली । महालक्ष्मी विकास बैङ्क लिमिटेडको गोकुलेश्वर शाखाबाट दुई करोड ८४ लाख ७६ हजार सात सय दुई रुपैयाँ उनन्तीस पैसा हिनामिना भएको छ ।

उक्त रकम अपचलन गरेको भन्दै बैङ्कका तत्कालीन चार जना कर्मचारी पक्राउ परेका छन्।

बिज्ञापन

महालक्ष्मी विकास बैङ्कको पत्र जाहेरीसहित प्राप्त कागजात र बैङ्क विवरणको प्रारम्भिक अनुसन्धानका आधारमा उनीहरू घटनामा संलग्न देखिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

पक्राउ पर्नेमा दार्चुला शैल्यशिखर नगरपालिका-९ घर भई नगद विभागमा तत्कालीन कार्यरत २९ वर्षीया निर्मला साउँद, बैतडी पुर्चौडी नगरपालिका-३ घर भई ग्राहक सहायता कक्षमा तत्कालीन कार्यरत २८ वर्षीय अम्बादत्त पन्त, डोटी स्थायी घर भई हाल कैलाली भजनी नगरपालिका-७ बसोबास गर्दै शाखा प्रबन्धकका रूपमा कार्यरत ३५ वर्षीय सागर शाही र दार्चुला लेकम गाउँपालिका-१ घर भई कर्जा विभागमा तत्कालीन कार्यरत ३१ वर्षीय धनञ्जय पन्त रहेका छन्।

केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालयले उनीहरूलाई पहिले निलम्बन गरेर पक्राउका लागि प्रहरीलाई जाहेरी दिएका थिए।

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको टोलीले मिति २०८२ साउन २४ गते उनीहरूलाई पक्राउ गरी बैङ्किङ कसुर मुद्दा दर्ता गरेको छ।

जिल्ला अदालत दार्चुलाबाट सात दिनको म्याद थप गरी उनीहरूलाई हिरासतमा राखेर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

बैंकले गरेको आन्तरिक अनुसन्धानबाट ती कर्मचारीले नेपालमा प्रतिबन्धित अनलाइन जुवा प्लेटफर्म वान एक्स बेटमा बैंकको पैसा लगाएको खुलेको थियो ।

चारैजनाको मिलोमतोमा रकम अपचलन भएको पाइएपछि बैंकले उनीहरुलाई निलम्बन गरेर आवश्यक कारबाहीका लागि प्रहरीको सहयोग खोजेको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।