रेशम रञ्जिता दम्पती विवाद संसदमा पुग्यो, सत्तापक्ष र प्रतिपक्षमा बस्न अलग-अलग निवेदन

काठमाडौं । नाउपाका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीचको विवाद संसदमा पुगेका छन् । अध्यक्ष श्रेष्ठले संसदमा सत्तापक्षमा बस्ने व्यवस्था मिलाइदिनको लागि संसद् सचिवालयलाई पत्र लेखेकी छन् ।
पत्रमा भनिएको छ, ‘असार २२ गते सरकारबाट समर्थन फिर्ता लिने भनी त्यहाँ संसद् सचिवालयमा समेत जानकारी गराएको ब्यहोरा सहितको पत्र बदर गरी पार्टीको निर्णय बमोजिम वर्तमान सरकार माथि पूर्णकालिन विश्वास एवम् समर्थन रहेको जानकारी गराउँदै अब सरकार पक्ष तर्फ रहने ब्यहोरा समेत अनुरोध गरिएको छ ।’

उता रेशम पक्षका नेता गंगाराम चौधरीले प्रतिपक्षमा बस्नका लागि सभामुखसमक्ष निवेदन दिएका छन् । तर उनलाई दलको नेताबाट हटाएकी रञ्जिता श्रेष्ठ चौधरीले सत्तापक्षमा बस्ने व्यवस्था मिलाइदिन पत्र पठाएकी छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
