आस्था /आध्यात्म

सन्त निरंकारी सत्संग भवन सानपाडामा विशाल सत्संग सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

मुम्बई, ८ भदौ । सन्त निरंकारी सत्संग भवन सानपाडामा विशाल सत्संग सम्पन्न भएको छ ।

सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलको सानिन्ध्यमा सम्पन्न उक्त सत्संग कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गणेश चतुर्थीको पूर्व सन्ध्यामा त्यहाँका सबै महाराष्ट्रवासीलाई उत्सवको लाख–लाख बधाई दिनुभयो । गणेश चतुर्थीलाई महाराष्ट्रमा भव्यताका साथ मनाईने गरिन्छ । त्यसको पछाडि ठुलो रहस्य रहेको कुराको उल्लेख गर्दै माता पार्वती र भगवान शंकरका दुईटा पुत्र गणेश र कार्तिक थिए । कार्तिकले आफ्नो वहान मोरमा चढेर चारधामको परिक्रममा गरे भने, गणेशले आफ्नो वहान मुसामा चढेर आफ्ना माता–पिताको चारैतिर परिक्रममा गरि चरण स्र्पश गरेका थिए । आज कुनैपनि धार्मिक कार्य गर्दा सर्व प्रथम गणेशको पूजा, त्यसपछि अन्य देवगणको पूजा गर्ने परम्परा रहेको छ । भन्नुको तात्पर्य माता–पिताभन्दा ठुला अरुकोहि हुन सक्दैन । माता–पिता नै पूरा ब्रम्हाण्ड हुन, ईश्वर–परमात्माका रुप हुन । उनीहरुको सेवा–सत्कार गर्नुबाट नै हामीलाई पुण्य प्राप्त हुन्छ, उहाँले सम्झाउनु भयो ।

बिज्ञापन

हरदेव वाणीको सहारा लिदै उहाँले भन्नुभयो कि आज बारम्बार सन्तहरुले माया रुपी राक्षेशबाट सधैं टाढा रहने सुझाव दिएका छन् । यदि हामी मायामा लिप्त रहन्छौभने मानव योनि पाएको सार्थक गर्न सक्दैनौ तर आज संसारमा माया के हो ? कसलाई माया भनिन्छ त्यसको बारेमा संसार अन्जान रहेको छ । तर आज सत्गुरुले हामीलाई सम्झाई रहनु भएको छ कि जुन वस्तुले हामीलाई परमात्मादेखि टाढा गर्दछ, त्यसको नजिक आउन दिदैन, त्यो वास्तविक रुपमा माया हो । परमात्माको नजिक हुनको लागि हामीले सेवा, सत्संग, सुमिरणबाट निरंकारको ध्यान गर्नुबाट हामी भगवानको नजिक हुन सक्छौ । हामी सम्झन्छौ केवल धन–सम्पत्ति मात्र माया हो तर पद–पदवी पनि माया हो । यसले सबैलाई आफ्नो नियन्त्रणमा गर्न सक्छ, सबैलाई उल्झाएर राखेको हुन्छ । त्यस्तै लोभ, लालच, अभिमान आदि सबै माया हुन, यिनीहरुले पनि हामीलाई आफ्नो वशमा पारेका हुन्छन् । मन भित्र पालेर राखेको मिथ्या मान पनि एक प्रकारको माया हो । यसले मानवलाई अधोगतितिर लिएर जाने गर्दछ, उहाँले सम्झाउनु भयो ।

उहाँले अगाडि भन्नुभयो कि यस मायाबाट आजसम्म कोहिपनि अछुतो रहन सकेको छैन, सबै यसको वशमा रहेका छन् । यदि यसबाट बच्नु छ भने केवल सत्गुरुको शरणमा आएर ब्रम्हज्ञानको दात प्राप्त गरेर त्यसै अनुसार जीवनलाई अगाडि डोरयाएको खण्डमा मात्र बच्न सकिन्छ । भक्तहरुले मायालाई नाच नचाएका छन्, त्यसलाई नियन्त्रणमा राखेका छन् । सधैं मानवलाई यसबाट बच्ने बाटो देखाउँदै आएका छन्, उहाँले बताउनु भयो ।

सत्संग कार्यक्रममा स्थानी सन्त–भक्तहरुले हिन्दी तथा नेपाली भजनको माध्यमबाट सत्संगलाई गुञ्जायमान बनाएका थिए । स्मरण रहोस कि सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष आफ्नो स्वाथ्य उपचारको दौरान मुम्बईमा हुनुहुन्छ र उहाँ मुम्बई र थानका सन्त–भक्तहरुको दर्शन गर्न आफ्नो समय अनुसार स्थानीय सत्संगहरुमा सरिक भइराख्नुभएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।