टीकापुर

कैलालीमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर : कैलालीमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

जिल्लाको जानकी गाउँपालिका–४ रामजानकी मन्दिर नजिक सोही गाउँपालिका–७ मक्री बस्ने ३६ वर्षीय तुल्सीराम चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००१ क २७८६ नम्बरको रेन्बो एकेडेमी स्कुलको बसको ठक्करबाट जोशीपुर गाउँपालिका–५ बनकट्टा बस्ने २३ वर्षीय सागर डगौराको मृत्यु भएको हो।

बिज्ञापन

सागरले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००८ प ५६२८ नम्बरको मोटरसाइकललाई बसले ठक्कर दिँदा मोटरसाइकल चालक सागर गम्भिर घाईते भएका थिए। उनलाई उपचारको लागि सेवा नर्सिङ होम नेपालगंज, बाँके लगिएकोमा बिहीवार चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सोही मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने १४ वर्षीय अनिल चौधरी घाइते भएका छन्। अनिलको टीकापुर अस्पताल टीकापुरमा उपचार भइरहेको प्रहरीले बताएको छ। बस र बस चालक इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीको नियन्त्रणमा रहेको र सो सम्बन्धमा अनुसन्धान भईरहेको जनाइएको छ।  

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।