पानी ट्याङ्कीमा डुब्दा बालिकाको मृत्यु
लोक कल्याणकारी विज्ञापन

सिन्धुली : सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ अर्चलेमा पानी ट्याङ्कीमा डुब्दा बालिकाको मृत्यु भएको छ।आइतबार स्थानीय रविन रम्तेलको छोरी २ वर्षकी प्रिन्सिका रम्तेलको आफ्नै घरको आँगनमा रहेको पानी ट्यांकीमा डुबि मृत्यु भएको प्रहरीले जनाएको छ।
लोक कल्याणकारी विज्ञापन

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता सुर्य प्रकाश सुवेदीका अनुसार बालिका खेल्ने क्रममा पानीमा डुबेकी थिइन्।
लोक कल्याणकारी विज्ञापन

घटना लगत्तै प्रहरी चौकी ग्वाल्टारका प्रहरी सहायक निरीक्षक बल बहादुर माझी र इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी निरीक्षक वसन्त बहादुर भुजेलको कमाण्डमा गएको टोली प्रारम्भिक अनुसन्धान गरी बालिकाको पोस्टमार्टमका लागि सिन्धुली अस्पताल ल्याइएको बताइएको छ।
बिज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

