राष्ट्रिय समाचार

अवैध बाटोबाट ४० हजार नेपाली महिला कुवेत पुगेकाे विषयमा गृहमन्त्रीको जवाफ माग

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कुवेतमा अवैध बाटोबाट करिब ४० हजार नेपाली पुगेका विषयमा सांसदले गृहमन्त्रीको जवाफ मागेका छन्।

सोमबार राष्ट्रिय सभा बैठकको शून्य समयमा सांसद नरबहादुर विष्टले सरकारको ध्यानाकर्षण गराउँदै भने, ‘भिजिट भिसा प्रकरणमा करिब ४० हजार महिला कुवेतमा लगेर बेचिएको समाचारहरू आइरहेका छन्। अध्यागमनको कर्मचारीलाई एक लाख बुझाउने रहेछन्।’

बिज्ञापन

बन्धकको रूपमा राखिएको उनीहरूको उद्धार गर्न माग गर्दै सांसद विष्टले गृह मन्त्रालयले जवाफ दिनुपर्ने बताए।

‘एउटै घरमा बन्धकको रूपमा राखिएको र पीडित महिलाले उद्धार गर्न माग गरिरहेकोमा विशेष गरेर सरकारको ध्यानाकर्षण गराउन चाहान्छु,’ उनले भने, ‘भिजिट भिसाको प्रकरणमा त्यत्रो संख्यामा महिला बेचिँदा पनि के भएको छ भन्नेबारेमा सरकारको गृह मन्त्रालयलाई यो रोस्टममा आएर गरिमामय सदनलाई जानकारीका लागि माग गर्न चाहन्छु।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।