प्रधानमन्त्री ओलीसँगको भेटमा के भने रुसी राष्ट्रपति पुटिनले ?

१७ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच सोमबार चीनमा भेटवार्ता भयो । शांघाई सहयोग संगठन (एससीओ) बैठकले जुराएको भेटमा दुई नेताबीच के कुराकानी भयो भन्ने चासो छ ।
प्रधानमन्त्री ओलीको सचिवालयको अनुसार २५ मिनेट दुई नेताबीच एक्लाएक्लै भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्री ओलीले नेपाल–रुस सीधा हवाई उडानदेखि आपसी सम्बन्ध थप सृदृढ गर्ने विषयमा कुरा राखेका थिए ।

जवाफमा रुसी राष्ट्रपति पुटिनले ठोस जवाफ नदिए पनि नेपाल–रुस दौत्य सम्बन्धको स्मरण गर्दै दुई देशबीच भूराजनीतिक र कूटनीतिक मतभेद नरहेको बताए ।
राष्ट्रपति पुटिनले रुस र नेपालबीच कहिल्यै कुनै समस्या नआएको भन्दै आपसी सहयोग थप विस्तार गर्न सकिने उल्लेख गरे ।भेटका क्रममा प्रधानमन्त्री ओलीले रुसी राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको निम्तो समेत दिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
