राजनीति

‘भूमि विधेयक पारित भए मधेश मरुभूमि बन्छ’

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले भूमि विधेयक पारित भए मधेश मरुभूमि बन्ने पक्का रहेको बताएका छन्। राजविराजमा संघीय लोकतान्त्रिक मोर्चाको ‘वर्तमान राजनीतिक अवस्थाबारे जनजागरण अभियान’लाई सम्बोधन गर्दै त्रिपाठीले यस्तो बताएका हुन्।

विधेयकले वनको जग्गा अतिक्रम गरी बसोबास गर्नेहरूलाई जग्गाको लालपुर्जा दिएर मधेशलाई मरुभूमीकरण गर्न खोजेको उनको दाबी छ। भूमिहीनलाई जग्गा दिने विषयमा कुनै समस्या नभएको बताउँदै उनले अव्यवस्थित बसोबासीलाई बढी जग्गा बाँड्ने कुरा मान्य नहुने प्रस्ट पारे।

बिज्ञापन

यसैगरी, तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष वृषेशचन्द्र लालले गौर घटना राजनीतिक घटना रहेको टिप्पणी गरे। राजनीतिक घटनालाई राजनीतिक तरिकाबाटै समाधान गर्नुपर्नेमा वर्तमान सरकारले मधेशी नेतालाई फसाउन षड्यन्त्र गरेको आरोप लगाए।

‘गौर घटनाको उचित छानबिन हुनुपर्छ। हामी छानबिनमा सहयोग गर्न तयार छौँ, तर मधेशीलाई दबाउन खोजे मोर्चाले कडा प्रतिवाद गर्छ,’ उनले भने।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।