राष्ट्रिय समाचार

‘असुरक्षा भएपछि छोड्यौँ’

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नक्खु कारागारका प्रशासक सत्यराज जोशीले कारागारभित्र असुरक्षा बढेपछि जिल्ला सुरक्षा समितिको निर्णयानुसार नै लामिछानेलाई कारागार मुक्त गरिएको बताएका छन्।

लोक कल्याणकारी विज्ञापन

“भिडले कारागार तोडफोड गर्ने चेतावनी दिएपछि अन्य कैदीबन्दीको सुरक्षालाई ध्यानमा राखेर उहाँलाई सोधिएको थियो। उहाँले बाहिर जान्छु भनेपछि हामीले छोडिदिएको हो,” जोशीले भने।

लोक कल्याणकारी विज्ञापन

उनका अनुसार कारागारको गेटबाट समर्थकहरूले लामिछानेलाई लिएर गएका थिए।

बिज्ञापन

कारागारबाहिर प्रदर्शनकारीहरूको ठूलो भिड जम्मा भएपछि कारागार प्रशासनले लामिछाने बस्दै आएको ब्लकबाहिर निकालेर परिसरभित्रको अस्पतालमा राखेको थियो। कारागारमा तोडफोड भइरहे पनि अन्य कैदीबन्दी सुरक्षित रहेको प्रशासक जोशीले बताएका छन्।

कारागारका प्रशासकले कारागारमा रहेका अन्य कैदीबन्दी बाहिर भाग्न नपाएको बताएका छन्।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन