इयूले भन्यो-प्रदर्शनका क्रममा भएका हिंसात्मक घटनाको स्वतन्त्र छानबिन आवश्यक

युरोपेली संघ (इयू)ले नेपालमा जारी प्रदर्शनका क्रममा भएको हिंसा र मृत्यु घटनाप्रति गहिरो दुःख प्रकट गरेको छ।
इयूले वक्तव्यमा भनेको छ, “नेपालमा जारी प्रदर्शनका क्रममा भएका हत्या र हिंसात्मक घटनाले हामीलाई दुःखी बनाएको छ । यी घटनाहरूको स्वतन्त्र छानबिन हुन आवश्यक छ ।”

ईयूले संयम अपनाउन आह्वान गर्दै भनेको छ, “जीवन रक्षाका लागि आवश्यक सबै कदम चाल्न ध्यान दिनुपर्छ । मृतक परिवारप्रति हाम्रो समवेदना छ र घाइतेहरूको छिटो स्वास्थ्य लाभको कामना गर्दछौं।”
युरोपेली संघले संवादमार्फत सबै पक्षबीच मतभेद समाधान गर्न र सबै मौलिक अधिकारहरू सुनिश्चित गर्न आग्रह गरेको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
