राष्ट्रिय समाचार

राष्ट्रपति पौडेलको उपस्थितिमा आज आन्दोलनकारी र सेनाबीच निर्णायक वार्ता हुने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । राजधानीमा जारी आन्दोलनबीच आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा युवा आन्दोलनकारी र नेपाली सेनाबीच औपचारिक वार्ता हुने भएको छ। मंगलबार राति आन्दोलनकारी प्रतिनिधि र प्रधानसेनापति अशोकराज सिग्देलबीच अनौपचारिक छलफलपछि वार्ता गर्ने सहमति बनेको हो।

वार्तामा नागरिक सरकार गठन, संसद् विघटन तथा नयाँ चुनावको सम्भावनासहितका संवेदनशील राजनीतिक विषयमा छलफल हुने बताइएको छ। आन्दोलनरत युवाले राजनीतिक दललाई सत्ताबाट हटाएर नागरिक सरकार गठनको माग गर्दै आएका छन्।

बिज्ञापन

यसैबीच, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संसद् विघटनको शर्त पूरा भए मात्रै वार्ता सार्थक हुने बताएका छन्। सेनाले संयमित रहन र संवादमार्फत समाधान खोज्न युवाहरुलाई आह्वान गरेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।