राष्ट्रिय समाचार

सैन्य नियन्त्रणमा काठमाडौंका सडक, सरसफाइमा जेनजी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । आन्दोलनकारीको कब्जामा रहेको राजधानी काठमाडौंलाई आज सेनाले नियन्त्रणमा लिएको छ । हिजोभन्दा आज काठमाडौंको वस्तुस्थिति विल्कुलै फरक देखिन्छ ।

सडकका चोक चोकमा सैनिकहरूले पहरा दिइरहेका छन् । कर्फ्यू आदेश जारी भएकाले सवारीसाधनहरू उति चलेका छैनन् । तर, अत्यावश्यक कामका लागि हिँडेकाहरूलाई उनीहरूको परिचयपत्र हेरेर सेनाले अनुमति दिने गरेका छन् । आम मानिसहरु भने आ-आफ्नो घरभित्रै छन् ।

बिज्ञापन

जेनजीको आन्दोलन मत्थर भएको छ । अहिले सडकमा जेनजीका युवाहरू सरसफाइमा जुटिरहेका देखिन्छन् । नयाँ बानेश्वरस्थित संसद भवन अगाडि सरसफाइको काम धमाधम भइरहेको छ । सेनाले सरसफाइमा जुटेकाहरूलाई अवरोध गरेको छैन ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।