ध्वस्त भए सुदूरपश्चिमका प्रमुख सरकारी कार्यालय, बिहानैदेखि सेना सडकमा

कैलाली । मङ्गलवार भएको तोडफोड र आगजनीले गर्दै सुदूरपश्चिम प्रदेशका प्रमुख सरकारी कार्यालय ध्वस्त भएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयसहितका यहाँका सबै मन्त्रालयमा तोडफोड र आगजनी गरिएको छ ।

कतिपय स्थानमा मङ्गलवार लगाइएको आगो बुधकार बिहानसम्म पनि पुत्ताइरहेको थियो । जिल्ला प्रशासन कार्यालय कैलालीको पुरानो भवनमा बुधवार बिहानसम्म पनि आगो बलिरहेको थियो ।
जिल्ला अदालत र सरकारी कार्यालयमा पनि ठुलो क्षति पुगेको छ ।
प्रदेश प्रमुखको कार्यालयको मूल गेट फुटाएर त्यहाँ आगजनी गरिएको छ । प्रदेश सभा , विषयगत समितिका कार्यालय र संसदीय दलका कार्यालयहरू ध्वस्त भएका छन्।
सहरी विकास तथा भवन कार्यालय, मालपोत तथा नापी कार्यालय, भन्सार कार्यालय , सीटीईभीटीको प्रदेश कार्यालय, प्रदेश लोक सेवा आयोगको कार्यालय, कोष तथा लेखा नियन्त्रणको कार्यालयमा पनि आगलागीबाट ठुलो क्षति पुगेको छ ।
यातायात व्यवस्था कार्यालय ध्वस्त भएको छ ।
कैलाली कारागारबाट कैदिबन्दी निस्किएका छन् । मन्त्रालय, सरकारी कार्यालय मात्र होइन मन्त्रीका घरदेखि पार्टी कार्यालयसम्म जोगिएनन् ।
आरजु राणा र लेखराज भट्टको घरसँगै कांग्रेस , एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय पनि आन्दोलनकारीको निसानामा परेको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
