राष्ट्रिय समाचार

जेनजीको माग अनुसार बन्ने सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार छ- मुख्यसचिव अर्याल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले जेनजीको मागअनुसार गठन हुने सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार रहेको बताएका छन् ।

लोक कल्याणकारी विज्ञापन

शुक्रबार सिंहदरबारस्थित भौतिक पूर्वाधारहरुको निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यसचिव अर्यालले नयाँ सरकारको काम सिंहदबारबाटै हुने जानकारी दिदै जेनजीको मागअनुसार गठन हुने सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार रहेको स्पष्ट गरेका हुन् ।

लोक कल्याणकारी विज्ञापन

अर्यालले अहिले अत्यावश्यक सेवाहरू सञ्चालन हुन थालेको र सेवाप्रवाहलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइएकोसमेत बताउदै त्यसका लागि सम्बन्धित मन्त्रालय र विभागलाई आवश्यक व्यवस्था गर्न निर्देशनसमेत दिइसकेको बताए ।

बिज्ञापन

मुख्यसचिव अर्यालले सुरक्षाको जिम्मा नेपाली सेनाले सम्हालिरहेको र अहिले सुरक्षास्थिति सामान्यतर्फ उन्मुख रहेको बताउदै प्रशासनिक अभिलेखमा अकल्पनीय क्षति पुगेको र यो नेपालकै दुर्भाग्य भएको बताए । उनले पूर्वाधार र सवारीसाधनको क्षतिबारे प्राविधिक मूल्यांकन गरेर विवरण निकालिने बताए ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन