घटना

जेन्जी आन्दोलनमा गोली लागेर वीरगञ्जका एसहाब आलमको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । जेन्जी आन्दोलनमा गोली लागेर वीरगञ्जका एसहाब आलमको मृत्यु

काठमाडौंमा जारी जेन्जी आन्दोलनमा गोली लागेर वीरगञ्ज–१२ मुर्लीका २२ वर्षीय एसहाब आलमको ज्यान गएको छ। आन्दोलनमा सहभागी रहेका उनलाई पेट र छातीमा दुई गोली लागेको प्रहरीले पुष्टि गरेको छ।

बिज्ञापन

गम्भीर घाइते अवस्थामै काठमाडौंमै उनको मृत्यु भएको हो। मृतकको शव आजै वीरगञ्ज ल्याउने तयारी भइरहेको परिवारजनले जानकारी दिएका छन्।

दुई महिना अघि मात्रै विवाह गरेका आलम पाँच दाजुभाइमध्ये साईला थिए।आलम काठमाडौंमा अध्ययनसँगै पठाउको काम गर्दै आएका थिए। आकस्मिक निधनपछि परिवार र गाउँमा शोकको वातावरण छाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।