अराजक देखिएकोGen-zआन्दोलनको विचमा सजक देखिएको थोरै भिडले भाइरल बन्यो विश्वमा गयो सकारात्मक सन्देश

Gen-z आन्दोलनको क्रममा धेरै कुरा तहस नहस भैरहेको जताततै डढेलो लागेको जस्तै धुवाँले कालो भएको थियो त्यसै विचामा भएका केहि दृश्यहरु- एउटा टुरिष्ट भरिएको बस आउछ जसमा भएका टुरिष्ट हरुलाइ Gen-Z आन्दोलनकारी हरुले उनीहरुलाई हात हल्लाउँदै सहयोग गर्दै अन्य गाडिहरु तोडफोड भैरहेको ठाउँ बाटै त्यो टुरिष्ट बस सहजै पास भएर जान्छ भित्र बसेका विदेशी पाहुना हरु हात हल्लाउँदै धन्यवाद दिन्छन् ।
उनीहरुले भने नेपालीहरु आखिर अतिथि देव भवको स्लोगनलाई जस्तोसुकै परिस्थितिमा पनि नबिर्शिने रहेछ्न धन्यवाद !
अर्को तर्फ लगभग दिनभरी आन्दोलनकारी हरु संगै भिडियो बनाउदै दगुरेर कुदिरहेका बेलायती नागरिकलाई आन्दोलन कारी हरुको बीच बाटै पानी दिन्छन् हजारौं मोटरसाइकल कार हरु तोडफोड भैरहेको अवस्थापनि उनले आफ्नो सवारी साधन बीच मै छोडेर!दगुरेर भलग बनाउदै हिड्छ्न उनको सवारी साधनमा कुनै क्षति नभएको भेटेपछि दङ्ग पर्छन् र भन्छन् आखिर के हुँदै छ यहाँ त्यसपछि मात्रै ऊनी थाहै पाउछन् यो सरकारका विरुद्ध सडकमा आएका नेपाली हरुको भिड रहेछ फेरि पनि मलाई माया गर्ने रहेछन् भन्ने सोचाइ राख्दै धन्यवाद दिन्छन् र उनको सामाजिक संजाल भ्लगको नाम wehatethecold रहेकोछ youbube मा पाँच लाख ८६ हजार subscribers छ्न Gen-z आन्दोलन क्रममा उनले राखेको भ्लगमा दुई करोड ५०लाख धेरैले हेरेका छ्न।

त्यसै अर्कोतिर भारत बाट आएका केही पत्रकार हरु माथी आन्दोलन कारिहरुले हातपात गर्छन् उनीहरुलाई रिपोर्टिङ गर्न बाट रोक्छ्न त्यसले नजिकैको छिमेकी भारत हो भाषा संस्कृतिको हिसाबले पनि नजिक छ तर त्यहीँको मिडिया सत्य कुरा लाई तोडमोड गरेर अर्कै कुरा देखाउने गर्दछ भन्ने आन्दोलनकारी हरुको बुझाइ रहेको पाइन्छ त्यसैले उनीहरुलाई रिपोर्टिङ गर्न रोक लगाउछ्न।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
