राष्ट्रिय समाचार

जेन- जी आन्दोलनमा सहिद भएका युवाहरू संगै आन्दोलनकारी द्वारा मारिएका तीन जना प्रहरी सहिद हरुको आत्म कथा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

जेन-जी आ’न्दोलनमा यसरी ढले तीन प्रहरी परिवारको सहारा, आन्दोलनकारीले श’व घिसार्दै सडकमा ल्याए, श’वमाथि नै पिसाब फेर्नेसम्मको घृ’णित काम गरे:

आ’न्दोलन च’र्किएपछि महाराजगञ्ज वृत्तले हि’रासतमा रहेका थुनुवा छाड्यो । त्यसबेलासम्म असई मिलन राय सुरक्षि’त थिए । सिविल ड्रेसमै भएकाले प्रदर्शनकारीले उनलाई प्रहरी भनेर चिनेका थिएनन् । तर थुनुवा छाडेपछि भने उनी आक्रम’णको निशानामा परे । ‘यो पनि प्रहरी हो’ भन्दै भीडले उनलाई कु’टपिट गर्न थाल्यो । रायमाथि अन्धा’धुन्ध प्रहा’र गरियो खुकुरीले टा’उकोमा, भाँटाले अनु’हारमा । अनुहार चिन्नै नसकिने गरी र’गताम्मे बने । हत्या गरेपछि पनि भीड रोकिएन, शव सडकमा घि’सारियो, शवमाथि पिसाबसम्म फेरे । यस्तो घृणि’त काम किन भयो भन्नेबारे प्रहरी अधिकारीहरू नै स्तब्ध छन् ।

बिज्ञापन

राय २०७४ सालमा असईमा भर्ना भएका थिए । सिन्धुली दुधौली नगरपालिका–८, खोरभञ्ज्याङका उनी सानैमा बुवा गुमाएका थिए । ब्लड क्’यान्सरका कारण बुवा बितेपछि आमा र काकाको सहयोगमा हुर्किए, गाउँबाटै एसएलसी पास गरेर काठमाडौं आए, प्लस टु सकेर प्रहरी सेवामा प्रवेश गरे । करिब एक वर्षअघि मात्र विवाह गरेका उनी श्रीमती जापान गएको ४ महिना पुगेको थियो ।

यस्तै, महाराजगञ्ज वृत्तकै अर्को प्रहरी जवान उत्तम थापा पनि आन्’दोलनकै क्रममा मा’रिए । दार्चुला लेकम गाउँपालिका–३, गुमाखोली घर भएका थापालाई ‘डीएसपी हो’ भन्दै भीडले कु’टीकुटी प्रा’णघातक आक्रम’ण गर्‍यो । भिडियोमा ‘तेरो सेकन्डम्यान खै’ भन्दै गाली’गलौजसहित पि’टिएको देखिन्छ । तर उनी डीएसपी नभई साधारण प्रहरी जवान थिए । ९ वर्षदेखि सेवामा रहेका थापा घरको जेठो सन्तान थिए । करिब ७ महिनाअघि भाइको मृत्यु भिरबाट खस्दा भएको थियो, त्यसको पी’डा नसेल्किँदै दाइको पनि विभत्स ह’त्या भयो ।

तेस्रो प्रहरी सहायक हवल्दार अमृत गुरुङ कास्की घर भई प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत थिए । नयाँ बानेश्वर नजिकैको आन्दोलन तीव्र हुँदै जाँदा कोटेश्वर प्रभाग आन्दोलनकारीको निशानामा पर्‍यो । सुरुवातीमा १५–२० जना मात्रै रहेका प्रदर्शनकारी विस्तारै सयौँमा बढे ।
कार्यालय तोड’फोड र आगजनी भयो । चारैतिर आगो दन्केपछि प्रहरीहरूले भागेर ज्यान जोगाउन खोजे । तर भाग्ने क्रममा धा’रिलो ह’तियारले गुरुङलाई लाग्यो । ढलेपछि भीडले कुट’पिट गर्दै ह’त्या गर्‍यो । गुरुङले ९ महिनाअघि मात्र आमा गुमाएका थिए ।
उनीसँग ७ महिनाको छोरा, श्रीमती र ६० वर्षीय बाबु छन् । परिवारकै मुख्य सहारा उनी थिए । तर उनको मृत्युले कास्कीस्थित परिवार असहाय बनेको छ । असई मिलन राय, जवान उत्तम थापा र सहायक हवल्दार अमृत गुरुङ, तीन प्रहरीको वि’भत्स ह’त्या संगै उनीहरूको परिवार अन्ध’कारमा धकेलिएको छ ।

देशको भविस्य कोर्ने स्वर्णिम अक्षर पढ्दै गरेका कलिला नानी बाबु हरु र राज्यले खटाएको ठाउँ आफ्नो ज्यानको बाजी लगाएर खटिएरहेको बेला ज्यानको आहुती दिनुभएका दुबै खाले सहिद प्रति उच्च संमान सहित भावपुर्ण श्रद्धाञ्जली 😭 आन्दोलनकारी द्वारा मारिएका राष्ट्रसेवक

हाम्रो पोस्ट बाट साभार

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।