राजनीति

सांसद विष्ट एमाले प्रवेश गरेसँगै माओवादीका पाँच पालिका कमिटी एमालेमा गाभिने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका प्रमुख सचेतक ठम्बरबहादर विष्टसहित १५० जना नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई आज एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमा स्वागत गरेका हुन् । एमाले प्रवेश गर्ने भएपछि नेकपा माओवादी संसदीय दल कर्णाली प्रदेशको बैठकले सांसद ठम्मर विष्टलाई निष्कासन गरेको थियो।

प्रमुख सचेतक रहेकै समयमा उनले फागुन २७ गते पार्टीबाटै राजीनामा दिएको घोषणा गरेका थिए । विष्ट एमाले प्रवेश गरे लगत्तै सुर्खेतको पूर्वी क्षेत्रमा माओवादीको तर्फबाट कमिटीहरू एमालेमा समाहित गर्ने तयारी भएको एमाले सुर्खेतका नेता हरि अधिकारीले जानकारी दिए । विष्ट एमाले प्रवेश गरेपछि माओवादीका पाँच वटा पालिका कमिटी एमालेमा गाभिने छन ।

बिज्ञापन

सिम्ता, सिङगाढ, गुर्भाकोट, लेकबेसी र भेरिगंगाको सम्पूर्ण पालिका कमिटी एमालेमा समाहित हुने नेता अधिकारीले बताए । उनले त्यसका लागि गम्भीर ढंगले छलफल भैरहेको जानकारी दिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुर्खेत पुगेकै दिन माओवादी प्रदेश सभा सदस्य ठम्मर बिष्टले पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।